Skip to content


सधैंभरि मुस्कुराउने कत्ति राम्रो बानी तिम्रो
शब्दभित्र अटाउदैन बयान सबै नानी तिम्रो

शिरदेखि पाउ हेरे खोट लाउने ठाउँ पाईन
मुहर नै छ चन्द्र जस्तो झलमल्ल रानी तिम्रो

झुप्रो देखी महलसम्म जताततै चर्चा तिम्रो
कसलाई लाउ व्याख्या गर्न सुन्दरताको खानी तिम्रो

पुर्णीमाकी जुन या त स्वर्गकी अप्सरा हौ
कुन उपमा लगाउ सधैं बयान गर्न सानी तिम्रो

निर्मला थापा,
काठमाडौं

6 thoughts on “गजल”

  1. nirmala g mero baninai
    nirmala g mero baninai tyestai chha ta hao…………..vannus ma k garaun?

    सधैंभरि मुस्कुराउने कत्ति राम्रो बानी तिम्रो
    शब्दभित्र अटाउदैन बयान सबै नानी तिम्रो
    ….yo sher ramro ajhai ………

    झुप्रो देखी महलसम्म जताततै चर्चा तिम्रो
    कसलाई लाउ व्याख्या गर्न सुन्दरताको खानी तिम्रो ……. jhan ramro lagyo ha hao………….

  2. पुर्णीमाकी जुन या त स्वर्गकी
    पुर्णीमाकी जुन या त स्वर्गकी अप्सरा हौ
    कुन उपमा लगाउ सधैं बयान गर्न सानी तिम्रो

    ati ramro chha nirmala ji .. tapaaiko har gajaile dil chunchha manlai aananda mild pardesh ma barera yee gajal paauda ma nepalma nai bhayejasto kina lag6………. ??

    Tapaiko Har Paila le safalta paaus bhanne Kamanaa Swikarnus hunna ra?

    Manoj Kafle “Mansun”
    Kuwait
    mansun2036@yahoo.com

  3. Hi Nirmala ji
    ma yo Majheri

    Hi Nirmala ji

    ma yo Majheri ma pahilo palta aaipugeko chhu…

    Khas malai gajal lekhna ta aaudaina tara gajal padhna ko lagi crazy nai hun.

    Tapain ka gajalharu padhe … sarhai ramra lage….. aahile sammako last yo ho yo ta jhan dil nai chhune chha

    All The Best……………. Safalta le sagarmatha chumos…..

    Thanks

    Khanal_Tanka
    deadbody80@gmail.com
    dineshkhanal2007@yahoo.com

  4. टङ्क जी, मनोज जी अनि गगन जी
    टङ्क जी, मनोज जी अनि गगन जी यहाँहरु सबैलाई गजल प्रतिको प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद।
    यहाँहरुकै हौसला र सुझाबलेनै बास्तबम सदैब प्रेरित गरिरहन्छ गजल लेख्नमा!!!
    राम्रो पक्ष्यको त सदैब सबैबाट प्रसम्शा पाईरहेको छु नै तर नराम्रो पक्ष्य पनि उल्लेख गरिदिनु भए अझ रम्रो हुनेथियो जस्तो लाग्छ।

    आशा छ, आगामि दिनहरुमा पनि यस्तै हौसला, सल्लाह र सुझाबहरु पाईरहने छु!!

    निर्मला थापा,

  5. ठिस बुढा

    सार्है शुन्दर
    नमस्कार !
    हजुरको पढेपछि मेरो कवितामै बधाई दिने कोशिस :
    मेरो कविता यस्तो छ :

    सिर्षक : सार्है मन पर्यो

    धेरै मन पर्यो, सार्है मन पर्यो,
    म बयान गर्न सक्दिन कति मन पर्यो
    आँखा मेरा च्यात्तिएछन्, मुटु गति बढेको छ, कपाल ठाडो भा’ छन्
    म बयान गर्न सक्दिन कति मन पर्यो ॥

    – सार्है मन पर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *