Skip to content
222729681019202

कसम अब कहिल्यै पनि तिम्रो भर पर्दिन म
पिरतीको डोरो तान्दै तिमि तिरै सर्दिन म
उकाली र ओह्रालीहरु धेरै धाएँ तिमीसंग
छेपारो झैं रंग फेर्यौ केहि कुरा गर्दिन म
संधै तिम्रै पछि लाग्दा धेरै हण्डर खाएँ मैले
तिम्रै लागि भन्दै अब भेलबाढी तर्दीन म
अप्सरा झैं राम्री तिमि नशालु हेराइ भन्दै
झुठो तिम्रो पिरतीमा मा फुल बुट्टा भर्दीन म
अमृत भन्दै पिरतीमा बिष घोली पिलायौ
बरु एक्लै जिउँछु कसम तिमीबिना मर्दिन म
कसम अब कहिल्यै पनि तिम्रो भर पर्दिन म
पिरतीको डोरो तान्दै तिमि तिरै सर्दिन म

Leave a Reply

Your email address will not be published. Required fields are marked *