Skip to content

कहिले वारि देखियो


कहिले वारि देखियो कहिले पारी देखियो
आज आफ्नै काँधमा जिम्मेवारी देखियो

चोरलाई चोर भन्ने, साधुलाई साधु भन्ने
पिठ्युँमाथि नै कर्तव्यको भारी देखियो

मित्र बनी, भित्र पसी शीरमा कुल्चनेलाई
अब आफै चाल्नु पर्ने खबरदारी देखियो

लाग्छ, सायद त्यो प्रेमको सरगम हुनु पर्छ
फिक्का लाग्ने मुहारमा फुलबारी देखियो

कहिले वारि देखियो कहिले पारी देखियो
आज आफ्नै काँधमा जिम्मेवारी देखियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *