Skip to content

हिजो शहीद बन्यो छोरो


हिजो शहीद बन्यो छोरो, चाहेर गणतन्त्र,
के चाहिं भयो आज यहाँ, आएर गणतन्त्र,

राजनीति, शहीदको सपनामाथि बलत्कार भो,
पचाइदियौ डलरसँगै, खाएर गणतन्त्र,

न सत्य शासन गर्छौ, न सत्य भाषण गर्छौ,
नेपालबन्द गर्छौ जनता, दाएर गणतन्त्र,

मूल्यवृद्धि, भ्रष्टाचार, उपहारमा दण्डहिनता,
चुनाव लड्ने झुटा नारा लाएर गणतन्त्र,

वाह! क्या गज्जब छ, गणतान्त्रिक नेपाल,
सोझा जनता रूदै हाँस्छन पाएर गणतन्त्र,

– जे.के. ‘विरक्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *