Skip to content


सवाल: मलाई वल्लो किनार छोडी, पारी गयो कोही
पराई ठानी मलाई माया, मारी गयो कोही
श्रीकान्त लुईँटेल ‘संगमश्री’
लेखनाथ-४, पोखरा, नेपाल

जवाफ: तिम्लाई ओल्लो किनार छोडी पारी जानेलाई।
थुक्क!भन्छु तिम्लाई माया मारी जानेलाई।
एकादेशको गगनराज
गजलशिबिर,राजधानी
सवाल: मेरो मनको बगैचामा असिना झैं बर्सिएर
फूल सबै कोपिलामै झारी गयो कोही

जवाफ:फुलले पनि सरापेको देखेको छु मैले
लाग्छ पाप कोपिला नै झारी जानेलाई।

सवाल:संगै जिउने संगै मर्ने यति मिठो बाचा गरी
बिच बाटोमा घर न घाट, पारी गयो कोही

जवाफ:नहोस कतै शान्त मन नहोस सुखी जीवन
तिम्रो जीवन घर् न घाट पारी जानेलाई।

सवाल:भर काटी हलीले झै, बाली लाउने असारमास
पराई सँग हल गोरु, नारी गयो कोही

जवाफ:देखाउ तिमी प्रगतीको खेती लहलह
पराईसँग हल गोरु नारी जानेलाई।

सवाल:आश थियो आउँछ कि बर्षा बनी खडेरीमा
गर्जी आकाश मेघ त्यसै, टारी गयो कोही

जवाफ:हुन्न ‘संगम’ कहिल्यै नि दुई किनारको
‘गगन’भन्छ वर्षा मेघ टारी जानेलाई

1 thought on “सवाल-जवाफ”

  1. कसले भन्छ गजलमा दोहोरी खेल्न
    कसले भन्छ गजलमा दोहोरी खेल्न मिल्दैन? नयाँ प्रयास ! मलाई चाँही मन पर्‍यो है गगनजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *