भन माइली पर्या छु म कति नम्बरमा
छैन रिस राग परे पनि जति नम्बरमा
जोड घटाउ राम्रै होला आउने जानेको
गर्नसम्म गर्या छौ रे प्रगति नम्बरमा
भन्छौ रे कालो गए अर्को गोह्रो आउँछ
किन जान्छौ प्रिय तिमी सति नम्बरमा
कति भागे कति जागे त्यो जवानी चुस्दै ?
फाल्नुसम्म फाल्यौ तिम्ले मति नम्बरमा
