कहिले कता दुख्छ
कहिले कता घोच्छ
आज भोलि त
डा. बाको
वर्कसप मै दिन बित्ने भो
किनकि जिन्दगी खतरा भो
तान्नु जति तानियो
घिसार्नु जति घिसारियो
अनिश्चित गन्तब्यको यात्रा
अब लरखराउन थाल्यो
किनकि जिन्दगी खतरा भो
घटाउछु भन्यो
जिम्मेवारीको भार
झनै थपिंदै गयो
मार्छु भन्यो मनको आशा
झनै तङ्रिदै गो
यसरी नै जाने हो भने त
जिन्दगी बिना चैन डुब्ने भो
किनकि जिन्दगी त खतरा भो
जुत्ता मात्र फेरेर के गर्नु ?
खुट्टा लुलो भैगो
जति क्रिम दले पनि
छालाले हड्डी छोडि गो
किनकि जिन्दगी खतरा भो
सुन्या थियो ओल्ड इज गोल्ड
यहाँ त खोइ न्यु कै ठूलो मोल
उहिल्या’ कुरा खुइले
उस्का कुरा कस्ले सुन्ने ?
किनकि उ त खतरा भो
टाउकामा हफ्तै पिच्छे
पेन्ट गर्नु पर्ने भो
आँखामा वाइपर थप्दा पनि
साँझ परेसि देख्नै गार्हो भो
इन्जिन थोत्रो भे’ पछी
टायर् फेरेर के पो हुन्छ हो ?
किनकि जिन्दगी खतरा भो
चाहिने तालुको रौं झरेर
न चाहिने कान र नाकमा
बढ्न गो
जति शक्तिबर्धक पेले पनि
झन त पचाउन नै गार्हो भो
किनकि जिन्दगी खतरा भो

Khatara thotro
Khatara thotro samagri,fyakieko,jirna,kaam nalagne,-ho ki danger bhanna khojeko ho ?