Skip to content


मैले तिम्रो मायालाई गंगा सम्झेर
मनको बाटो गरी बगाएँ
लालुपाते बाबरी अजम्बरी मखमली ठानी
मनको बारीमा फुलाएँ

हावापानी हुरीबतास सबबाट “जोगाएँ”
तिमी फुल्यौ “ढकमक्क” भएर
सुनौलो रंगिन सपना बोकेर सजियौं
उही मनको पाटोमा गएर

बाँध फुटे पनि बाफिएर थोपा बनी
याद आईरहन्छ साँझ
मैले त अझै पनि गंगा सम्झेर राख्ने गरेकी
छु रित्तो सपना माँझ

गिज्याइरहेछ मलाई आज पनि
तिनै पुराना कुराले
यो मुटु रेटिरहन्छ अविश्वास
पालेर धारहिन छुराले

हृदयभरि नदेख्ने घाऊ बल्झिन्छ उस्तै गरी
सिरानीमा पोखिन्छ जून आकाशमा पोखिए सरी

गीता थापा
ईजरायल

1 thought on “तिम्रो माया”

  1. हावापानी हुरीबतास सबबाट
    हावापानी हुरीबतास सबबाट “जोगाएँ”
    तिमी फुल्यौ “ढकमक्क” भएर
    सुनौलो रंगिन सपना बोकेर सजियौं
    उही मनको पाटोमा गएर

    गिज्याइरहेछ मलाई आज पनि
    तिनै पुराना कुराले
    यो मुटु रेटिरहन्छ अविश्वास
    पालेर धारहिन छुराले

    सिरानीमा पोखिन्छ जून आकाशमा पोखिए सरी

    Geeta ji Ramro lekhnu bhayo………

    Tapaiko kabitale mero man pani ta halkaa bhayo lagyo pida sabailaai hudorahechha…………….
    pachhikaa koseli ma bhetine bachaa garnus,,,,,

    Manoj kafle
    kuwait
    mansun2036@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *