Skip to content

देउराली मा पर्खी बस्छु , फेरी वाचा दिएँ !!!!!!!!!


देउराली मा पर्खी बस्छु , फेरी वाचा दिएँ !!!!!!!!!
*********************************************

एकै नजरमा मन दिएँ !
पत्तै छैन यो मन , अचानकै दिएँ !
फूल जस्तै सुन्दर ठानीँ ,
कल्पनामै जिएँ !

इच्छा हरु धेरै थिए , मनमै कुँदि दिएँ ,
सपना को बगैँचा मा तिमी संगै थिएँ !
फूल जस्तै सुन्दर मानी ,
सुवाशले नै जिएँ !

जीवनका गोरेटामा मैले कती दिएँ ,
मन दिएँ , मायाँ दिएँ , भए भरकै दिएँ !
उकाली र ओरालिमा तिमी संगै थिएँ !
तर आज सुनाऊ फूल ? मैले के नै लिएँ ?

फेरी पनि फुलै ठानी त्यहि सबै दिएँ ,
तर पनि धेरै पटक आँसु मात्र पिएँ !
थाङ्ना जस्तै मेरो मन , आशै आश मा सिएँ !
देउराली मा पर्खी बस्छु , फेरी वाचा दिएँ !!!!!!!!!

**************
जे.बी. शेर्पा

1 thought on “देउराली मा पर्खी बस्छु , फेरी वाचा दिएँ !!!!!!!!!”

  1. हामी अरुलाई दिनुको लागि
    हामी अरुलाई दिनुको लागि जन्मेका हौ
    दिन सक्ने जति, अझै दिएरनै बांचौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *