Skip to content

दश हाइकु (चैतको हुरी)


१.
चैतको हुरी
जोगाउनै गाह्रो भो
नयाँ प्रेमिका

२.
फूल फक्रिन्छ
उनको बगैँचामा
यसै वर्षमा

३.
अधुरो प्रेम
मुरलीको धुनमा
शून्य छ मन

४.
फुल्न छाडेछ
सम्बन्धको गुलाव
किन ईश्वर ?

५.
निलो आकाश
शिरिषको फूलले
मन चङ्गा

६. बिहानी पख
मन्दिरमा मानिस
पापि छ मन

७.
विदेशी मोह
कालो लामो बाकस
खालि सिउँदो

८. मान्छेको मन
शिवजीलाई दूध
भोकै भिखारी

९.
अभागी आमा
बेरोजगार छोरो
खालि सपना

१०.
आमाको इच्छा
परदेशमा छोरो
पोल्टामा आँशु

अर्जुन थापा
धुम्बाराही,काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *