राजेश्वर ढकाल
दोहा, कतार।
भाषाको उत्थान नेपालीको पहिचान भन्ने मुलनाराका अगाडी बढेको नवोदित साहित्यिक मोवाइल पुस्तकालयले गत आइतबार अक्टोबर १५ ताखिकका दिन विधिवत रुपमा दर्ता गरेको छ । डायास्पोरामा साहित्यप्रति जागरुक जनमानसको रुचि र माग बमोजिम साहित्य कला र अन्य विविध विधासँग सम्बन्धित पुस्तकहरू उपलब्ध गराई साहित्यिक तिर्खा मेटाउँदै नेपाली भाषा, संस्कृति र साहित्यलाई मात्र हैन नेपाल राष्ट्रलाई नै बिश्व मानचित्रमा चिनाउँन प्रयासरत यस मोवाइल पुस्तकालय २०६६ सालदेखि संचालनमा आएको थियो ।
व्यक्तित्व विकाश, साहित्य लेखनमा निखारता, अनि सचेत र शिक्षित समाजको निर्माणमा सहयोग साथै मोवाईल पुस्तकालयलाई अझ प्रभावकारी र छिटो छरितो बनाएर संस्थागत रुपमा अगाडि बढ्नु पर्ने भएकोले नवोदित साहित्यिक मोवाइल पुस्तकालय दर्ता गरिएको संयोजक ईश्वर दाहालले बताए ।
उक्त पुस्तकालयको अध्यक्ष बद्रीप्रसाद पराजुली, प्रथम उपाध्यक्ष-कृष्ण क्षितिज राई, द्धितीय उपाध्याक्ष-शिव प्रतिक शर्मा, संयोजक-ईश्वर दाहाल कविजी, महासचिव-तीर्थ संगम राई, सचिव-महेश्वर नेपाल, कोषाध्यक्ष-राजेश्वर ढकाल ,सह कोषाध्यक्ष-चर्चित ढुंगेल चयन भएका छन भने सदस्यहरूमा इन्द्रमणि नेपाल, ज्ञानेन्द्र आम्गाई, जगतराम बर्देवा घायल, भिमसेन खतिवडा, विमल गिरी, प्रेम लामा ,लक्ष्मण संकल्प, हिरा उदासी र नरेन्द्र खत्री अविरल छन ।
नवोदित साहित्यिक वाचनालयका संस्थापकहरूसँग सहमति गरी पुस्तकालयसँग सम्बन्धित केही नीति नियमहरू बनाएर मोवाईल पुस्तकालय चलाइएको हो। विधिवत रुपमा दर्ता नभइसकेकोमा, नवोदितका संस्थापकहरू लगायत पुस्तकालयका शुभेच्छुकहरूसँग बृहत छलफल गरी नेपाली राजदूतावासको कार्यालय दोहा, कतारमा नवोदित साहित्यिक मोवाइल पुस्तकालयको नाममा विधिवत दर्ता गरी संचालनमा ल्याइएको कुरा नवोदित साहित्यिक मोवाइल पुस्तकालयले निकालेको विज्ञप्तीमा जनाईएको छ । यो कसैको पनि मातहतमा या कुनै पनि संघ-संस्थाहरूको झण्डामुनि नभई नेपाली राजदुतावास दोहा कतारको संरक्षकत्वमा रहेको एक स्वतन्त्र साहित्यिक पुस्तकालय हो। त्यसैले हामी सम्पुर्ण साहित्यप्रेमी तथा पुस्तकालय पाठकहरूलाई भ्रममा नपर्न आग्रह गर्न चाहन्छौं, विज्ञप्तीमा भनिएको छ ।
