Skip to content


तिम्रो हातले सूर्य बोक्यो !
अनि पो बिहान आयो !

रातभरि जूनले छेक्यो,
अनि पो त ज्ञान आयो!

ऋषि मुनि बनेपछि,
बल्ल तिम्रो ध्यान आयो!

तिमी जति साना रै’छौ,
उति नै सम्मान आयो!

पापी धर्म गयो अब,
मनकारी दान आयो!

घुम्टो जब उघ्रिएछ,
रूप जानाजान आयो!

जान्नेभन्दा नजान्नेको,
लाटो भगवान् आयो!

जून लुकी, किन लुकी ?
जब दिनमान आयो!

‘सुनील’ त सागर हो,
मोतीको विज्ञान आयो!

-पुल्चोक, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *