Skip to content


आँखाभित्र राख्यौ भने सबले देख्न सक्छन्
मुटुभित्र राखिदेऊ नदेखेरै भाग्छन्

रुपभन्दा बढी तिम्रो गुण मनपर्छ
गुण पो त स्थायी हुन्छ रुप खस्की जान्छ

अमतृ जस्तै चीरस्थायी गुण सधैँभरि
मैले रोजेँ त्यसैल त साँच्छु जीवनभरि

डाहा गर्ने हुनसक्छन् भुटभुटिन देउ
मेरो माया धूपी सल्लो यसलाई बुझिदेउ ।

1 thought on “मेरो माया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *