Skip to content


विदेशमा गई ए मेरो हजुर
जोडी पक्षी छुट्यो है मयुर

धनको लोभ नगर प्रियतमा
सँगै हिँड्ने बिलाउँछ त्यो छायाँ

खाडी मुलुक, को छ र त्यो ठाउँमा
हिँड्यौ तिमी बाटो बिराउन

आफ्नो देश नै हुन्छ है प्यारो
हाँसी खुसी कटौला अप्ठ्यारो

सुन्दर छन् ती गाउँका पाखा
तिमी गए रुझ्ने छ यी आँखा

दुख्छ छाती, चर्किन्छ यो मुटु
बेसहाराको जीवन कसरी बाँचु

नजाउ तिमी बुझिदेउ भावना
वाचा गर पूरा गरिदेउ, चाहना

तिमी नै मेरो सम्पूर्ण जीवन
स्वदेशमै बसी बुझिदेउ, मेरो मन

Leave a Reply

Your email address will not be published. Required fields are marked *