Skip to content

के नै हो र जिन्दगी

  • by


के नै हो र जिन्दगी यो मरिजानु बाहेक
हाँगामाझ फुलेको फूल झरिजानु बाहेक ।

किन फुल्छन फूलहरु झरिजाने भएपछि
किन जन्म लिन्छ मान्छे मरिजाने भएपछि ।
अस्ताउनु छ एकदिन भने उदाउनु नै किन
हराउनु छ एकदिन भने भेटाउनु नै किन?

जिन्दगी यो मिलन होइन बिछोडको रङगमन्च हो
पाएपछि गुमाउनु बाध्यताको सँगम हो ।
भोलि छाडिजाने चिजलाई आज किन आफ्नो भन्नु
ब्यर्थै धोका भनि किन आँखाबाट आँसु झार्नु ?

घायलश्री
पर्बत

Leave a Reply

Your email address will not be published. Required fields are marked *