के नै हो र जिन्दगी यो मरिजानु बाहेक
हाँगामाझ फुलेको फूल झरिजानु बाहेक ।
किन फुल्छन फूलहरु झरिजाने भएपछि
किन जन्म लिन्छ मान्छे मरिजाने भएपछि ।
अस्ताउनु छ एकदिन भने उदाउनु नै किन
हराउनु छ एकदिन भने भेटाउनु नै किन?
जिन्दगी यो मिलन होइन बिछोडको रङगमन्च हो
पाएपछि गुमाउनु बाध्यताको सँगम हो ।
भोलि छाडिजाने चिजलाई आज किन आफ्नो भन्नु
ब्यर्थै धोका भनि किन आँखाबाट आँसु झार्नु ?
घायलश्री
पर्बत
