Skip to content


तिमी जून हौ मेरी, तारा हौ तिमी
मेरो सबथोक संसार सारा हौ तिमी ।

सधैँ शीतल छरिदिने, मायाले मन भरिदिने
मेरो मनको पधेँरीको धारा हौ तिमी ।

कतै तिम्रो मायाले म, मात्तिने पो हुँ कि
चोखो माया भरिएकी रारा हौ तिमी ।

मुटुविना जिउन सक्छु, सक्दिन तिमीविना
‘जीवन’ भरि साथ दिने सहारा हौ तिमी ।

तिमी जून हौ मेरी, तारा हौ तिमी
मेरो सबथोक संसार सारा हौ तिमी ।

-रूपाकोट-५, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *