Skip to content

तिमी ऋतु हौ भने

  • by


तिमी ऋतु हौ भने असीमित चाँहना बोकी फुल्ने
म पनि भँमरा हुँ तिम्रो सुन्दरतालाई बुझ्ने

फगत् बाँच्नुको असीम पीडा भो सहनु पर्दैन तिमीले
जसरी बहारसँगै घामपानी सदियौंदेखि सहेर आयौ तिमीले

बाँधिरहनु आँफैभित्र पर्दैन अब पर्खाइमा
तिमी फुली सक्यौ मेरो कलेजीको माझमा

आकृतिहरूबाट जति टाढा रहु भन्छु
सक्दिन टाढिन हजार सान्त्वना मनलाई दिन्छु

अन्तरालमा पालेका चाहनालाई हर्दम् यसै गरी पोख्छु
मधुर-मधुरतालाई आफनै मनको पोल्टामा रोक्छु

गीता थापा
ईजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *