Skip to content


तिमी थियौ
म थिएँ
हामीमाथि अनन्त आकाश थियो
र, मधुर वर्षात् थियो
प्राप्ति/अप्राप्तिको हिसाब थिएन
‘तिम्रो’ र ‘मेरो’को कुनै किताब थिएन ।

एकाएक आँधी आयो
एकाएक पहाड खडा भयो
व्यवधानले टाउको उठायो
मबाट तिमी ओझेल भयौ
तिमीबाट म ओझेल भएँ
यसरी नहोस् भनेको कुराको
प्रारम्भ भयो ।

अहिले पनि सम्झन्छु
सिसौका बोटहरू
र, नदीतटका अनन्त लाग्दा क्षणहरू ।

तिमी छौ
म पनि छु
हामीसँग ती दिनहरू छैनन्
तर, ती दिनहरूभन्दा प्रीतिकर छन्
ती दिनका सम्झनाहरू

त्यसैको उज्यालोमा
पढिरहेछु
प्रेमको पुस्तक ।

नेपाल साप्ताहिक ३५१

1 thought on “प्रेमको पुस्तक”

  1. हजुर को भाबना धेरै राम्रो
    हजुर को भाबना धेरै राम्रो लाग्यो। शायद मेरो जिबन मा पनि मेल खाने भयर
    पो होकी?

Leave a Reply

Your email address will not be published. Required fields are marked *