Skip to content

दुखेको मन


पुरानो घाऊ कोट्याएर किन दुखाउँ मैले
पापिनिको पापहरु किन लुकाउ मैले

गाठो पारी राखेको छु तड्पीएको मन मेरो
बेदनाको पोको फेरी किन फुकाउँ मैले

पालै पालो धेरै सँग हिड्दो रैछ आज भोलि
उसको सामु आफ्नो शिर किन झुकाउँ मैले

आश्रु धारा बग्दा बग्दै सुक्खा भय नयन मेरा
तर पनि प्रेम मुहान किन सुकाउ मैले

जे मन लाग्छ गरे हुन्छ पाप धर्म आँफैलाई हो
उसको पाप को हिसाब किताब किन चुकाउ मैले

Leave a Reply

Your email address will not be published. Required fields are marked *