Skip to content


धमिलो, अस्पष्ट सपना आँखैमा अल्झिरहे
बल्झिरहे घाउहरु गुनासो कति कति

जति जति तर्किएर पर पर सर्न खोजे
रोजे आँसु खोजे पिडा, मनको काहानी

जानी जानी भाँचिएछ टुक्रिएछ जवानी
निशानी मेटिएन झझल्को नै सधैभरि

घरि-घरि अल्झिरहयो-बल्झिरह्यो कहाँ कहाँ
जहाँ जहाँ पुग्यो त्यही रुमलियो मेरो मन ।

तुफान
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *