अर्कैसँग रमाई रात काट्या छैन नानु
तिमीलाई मैले केही कुरा ढाँट्या छैन नानु
नदेखेको होइन मैले अर्कैसँग तिमीलाई
तर तिम्रो जस्तै यो मन फाट्या छैन नानु
अर्कैसँग हिंडदा मैले शंका मात्र गर्छ्यौ किन?
सँगै हिडदा उन्को गाला चाट्या छैन नानु
‘तिमी जस्ता हजारौ छन् मेरो अघिपछि’ भन्थ्यौ
तिमी जस्ती अर्की मैले छाँट्या छैन नानु
तिम्रा प्रेमी हजार होलान मेरो लागि केवल तिमी
एउटै मुटु अन्त मैले साँट्या छैन नानु
शंकाकै भरमा मलाई छाडी जान्छ्यौ भने जाऊ
तिमीलाई यतै तान्ने डोरी बाट्या छैन नानु
जीवन तिम्रो सफल रहोस् मैले संसार त्यागे पनि
अर्कैसँग जिउनु मैले आँट्या छैन नानु

uttam ji
gajal ko bhav aati
uttam ji
gajal ko bhav aati nai ramro chha tara sudaa asuddi ma I mean Word ma thorai dhyan dinu parla ki
नदेखेको होइन मैले अर्कै सँग तिमीलाई
तर तिम्रो जस्तै यो मन फाट्य छैन नानु
yo sher ramro chha..
keep it up and all the best….
Ramro lagyo
सन्का कै भरमा
Ramro lagyo
सन्का कै भरमा मलाई छाडी जान्छेउ भने जाउ
तिमीलाई यतै तान्ने डोरी बाट्या छैन नानु
उत्तमजी,
‘अन्त रात काट्या
उत्तमजी,
‘अन्त रात काट्या छैन’, ‘मुटु साट्या छैन’, ‘ढाँट्या छैन’ जस्ता शब्द देख्ता चाहिं कताकता आनन्द कार्कीले गाएको ‘यी हल्लाहरू हुन् तिमीले सुनेका’ भन्ने गीतको याद आयो।
https://www.majheri.com/node/605
अलि ओरिजिनल भए राम्रो। अनि भावना चाहिं शेर अनुसार अलि फरक भयो। कतै सफाइ दिन खोज्ने कतै पुरै रिसाउने गर्नुभएको छ। एक लेखमा एकै खालको भावना भएमा अलि सुहाउँथ्यो कि!
लेख्तै जानुहोस्।
कुमार
Thanyabad dai coment ko lagi.
Thanyabad dai coment ko lagi. ab ramro lekhne paryas garne chhu yastai anya ma pani comentko aasha gareko chu