Skip to content

मुटु सटाएको जाती


गुलाब नभै मुटु मुटु सटाएको जाती
उनको माया यो मुटुमा अटाएको जाती

प्रेम पत्र कोर्नु किन? साँचो माया गर्छौ भने
प्रेम प्रस्ताव राख्न ढ्याङ्रो ठटाएको जाती

हाम्रो जस्तै माया त हो फूल अनि बोटको त्यो
फूल लिने दिने चलन घटाएको जाती

क्याम्पसभित्र पढाई भन्दा प्रेमलीला हुन्छ बढी
शिक्षक हटाइ प्रेमगुरु खटाएको जाती

केटा अनि केटीबिच मात्र माया हुन्छ भने
यस्तै थुप्रै प्रेम सुत्र रटाएको जाती

गुरु भन्छन् पढ्न जाउ शिष्य भन्छ जान्न म त
यस्तो शिक्षा दिने चलन हटाएको जाती

अरुको त्यो प्रेमदेखि डाह गरी बस्नु भन्दा
क्याम्पसबाटै राम्री केटी पटाएको जाती

माया किन गरिस् भनी बाउले छोरी पिट्नु भन्दा
सानै छदाँ उसलाई डाँडा कटाएको जाती

Leave a Reply

Your email address will not be published. Required fields are marked *