Skip to content

अरबौं मान्छेहरूमा

  • by


अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे
म मन मिल्ने मान्छे देख्दा संसार नै भुल्ने मान्छे

तराजुमा राखेर धेरै पल्ट यो दुनियालाई मैले जोखेको छु
सहानुभूतिको आशा गरेर रुँदै व्यर्थै वेदना पोखेको छु
देखेर मानिसको मतलबी चाल रुँदारुँदै रोकेको छु
मलाई सानै चोट लाग्दा पनि तिमी छटपटाइहाल्ने मान्छे
अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे

म निर्धन निर्बल र बेअर्थको पानीबिहिन खोला
म सायद त्यो अस्तित्वबिहिन मान्छे मेरो महत्व के होला
केही छिन त त्यही पनि हाँसेरै जिउँछु तिमी साथ भएको बेला
मेरो मृत्युको खबर सुन्दा यहाँ तिमी एक छौ रुने मान्छे
अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे

शब्द, स्वर – मदनकृष्ण श्रेष्ठ
संगीत – न्हू बज्रचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *