Skip to content

जब जब तिम्रो कुराहरु सुन्छु


जब जब मायाको कुरा गर्छु
तिमी आकाश हेर भन्छौ
म आकाश तिर हेर्छु
तिमी जून हेर भन्छौ
म जून तिर हेर्छु
तिमी तारा हेर भन्छौ
म तारा तिरै हेर्छु
त्यो त झर्यो भन्छौ।

जब जब बाचाको कुरा गर्छु
तिमी बगैचा हेर भन्छौ
म बगैचा तिर हेर्छु
तिमी फूल हेर भन्छौ
म फूल तिर हेर्छु
तिमी भमरा हेर भन्छौ
म भमरा तिरै हेर्छु
जाली रहेछ उड्यो भन्छौ।

जब जब जिन्दगीको कुरा गर्छु
तिमी नदी हेर भन्छौ
म नदी तिर हेर्छु
तिमी छाल हेर भन्छौ
म छाल तिर हेर्छु
तिमी किनार हेर भन्छौ
म किनार तिर हेर्छु
तिमी बगर हेर भन्छौ
म बगर तिरै हेर्छु
जिन्दगी यस्तै हुन्छ भन्छौ।

जब जब तिम्रो कुराहरु सुन्छु
भावनाहरुको युद्ध हुन्छ
कल्पनाहरु हारेर जान्छ
मात्र डरै डर लाग्छ
अनि रहरहरु लतारेर
आफ्नो मनको दुनियाँबाट
आफै टाढा-टाढा भाग्छु
टक्क अडिन्छु
फर्केर हेर्छु
फेरी भाग्छु।

2 thoughts on “जब जब तिम्रो कुराहरु सुन्छु”

  1. अलि घुमाएर ठिकै कुरा गरे छ
    अलि घुमाएर ठिकै कुरा गरे छ ।
    किरण

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *