तिमीमा छ के खास तेस्तो जो अरुमा छैन
तिमीमा हराउदा म आफ्नो नै भैन
नयाँ- नयाँ लाग्छ हरेक पल्ट हेर्दा
कसोरिमा भुलू पिरतिले बेर्दा
सागर बिच-बिचै बनेछु म प्यासी
दोसी भन या न कुनै बेहोसी
तिम्रो मायामा छ के खास जो अरुमा छैन
तिमीमा हराउदा म आफ्नो नै भैन
जुनेलीमा पुग्छु तिमी छेउकी भनी
म जुनकिरी बन्छु अन्धेरीमा पनि
तारा बिच-बिचै बनेछु छु म प्यासी
दोसी भन या न कुनै बेहोसी
तिम्रो प्यासमा छ के खास जो अरुमा छैन
तिमीमा हराउदा म आफ्नो नै भैन
तिमीमा छ के खास तेस्तो जो अरुमा छैन
तिमीमा हराउदा म आफ्नो नै भैन
३१ साउन २०६० साल
bp122@york.ac.uk; bp.aalok@gmail.com
