सौन्दर्यत हेर्नु थियो किन छोएऊ फूललाई
अब गल्ती नगरहै छोप्न एउटा भूललाई
जून्को जस्तै हाँस्ने रहर उन्को पनि होला
टप्प टिपे डालीबाट फूल्को मन नि रोला
नहेरिदेउ जूनलाई तिमी मेरि भनी
ब्यर्थ होला जून खोज्नु जूनकिरी बनी
जुनेली त शितल थियो किन छेकेउ जूनलाई
अब गल्ती नगरहै छोप्न एउटा भूललाई
छोए पछी झरी जान्छ अत्तर त्यो फूलको
कही कतै बात लाग्ला तिम्लाई आफ्नै भूलको
नछोइदेउ फूललाई तिमी मेरि भनी
ब्यर्थ होला फूल चुम्नू फूलकिरी बनी
नाता उन्को चोखो थियो किन बिर्सेंउ गून्लाई
अब गल्ती नगरहै छोप्न एउटा भूललाई
व्यासर्हिशी भवन-६, बुढानिलकण्ठ स्कुल, काठमाडौं
बैशाख १ २०५९
bp122@york.ac.uk; bp.aalok@gmail.com
