बिहान सबेरै जोखिमपूर्ण हाँगोको टोड्कोमा आफ्ना नाबालक बचेरालाई छाडेर परेवाका जोडी चारो खोज्न उडे। साविकको समयमा फर्केर आइपुग्नुपर्ने, आइपुगेनन्।
सूर्य चम्किदैँ गयो, बचेराहरु आत्तिँदै गए। भोक बढ्दै गयो, बचेराहरु विव्हल हुँदै गए। आकाश कालो भयो, बादल गड्गडायो, छिमेकी रुखमा चट्याङ पर्यो, पानी छिट्यायो। उनीहरु फर्केनन्।
झमक्क साँझ पर्यो। बचेराहरु भोकले च्याँच्याँ कराउँदा कराउँदै मरणासन्न भए। तैपनि उनीहरु फर्केनन्।
साँझको अन्तिम प्रहरमा पोथी परेवा थोरै चारो बोकेर आलस तालस हुँदै फर्किई। हुरीबतासले आधा भत्किसकेको गुँडमा इन्तु न चिन्तुको हालतमा रहेका आफ्ना बचेराहरुलाई सहानुभूतिपूर्वक पालैपालो स्पर्श गरी र सधैँको जस्तो बेलैमा चारो लिएर आउन नसक्नुको विवशता सुनाइ -“मान्छेहरु मूर्ख भएपछि के लाग्छ ? आफूहरु विनसित्ती लड्छन्, आतङ्क मच्चाउँछन्…अनि हामीलाई समात्छन्, थुन्छन्, फेरि छोड्छन् र ताली बजाउँदै ‘शान्ति शान्ति’ भन्दै चिच्याउँछन्। तिम्रा बाबु अझै तिनै मूर्खहरुको खोरमा छन्…सके भोलि आइपुग्लान् कि !”
बचेराहरुले न त आमाले खुवाएको चारो निल्न सकेका थिए, न त शान्तिको कथा बुझ्न नै सकेका थिए।

ooooooooooooooooooo god how
ooooooooooooooooooo god how do think like this story really i am crying, i can’t think we can get like u writer please meet with me u can send me mail – jhabimagar4uyahoo.com
any way u r the best best write in the world
GREAT! REALLY A NICE SATIRE
GREAT! REALLY A NICE SATIRE TO MODERN HUMAN BEINGS!
ROBIN PRAYUSH
rabin_kc007@yahoo.com