Skip to content

स्वाभिमानी कवि


“आँखा बाँधेर बन्दुकका कुन्दाले हिर्काउँदा करङ भाचिएको छ। म सोझो गरी बस्न सक्तिन। आन्द्रामा घाउछ, लठ्ठि कोचेर यातना दिए, दिशा बस्न पनि असहज छ। टाउकोमा चोटैचोट बेहोस हुने गरी कुट्थे हरेक दिन। ती टाटेपाटे कपडा लगाउने जल्लादहरूले। मेरा दाँत भाँचिदिए, हात भाँचिदिए, खुट्टा भाँचे तर मेरो स्वाभिमान भाँच्न सकेनन्।” आदरणीय विद्रोही जनसमुदायको जीत भएपछि आज म रिहा हुन पाएँ। अरू केही महिना म जेलमै रहेको भए म ज्यूँदो रहने थिंईन। “दोसल्ला ओढाइएका सम्मानित कवि विप्लवको भाषणमा जीवनका हृदय विदारक भोगाई अभिव्यक्त भइरहँदा दर्शक दीर्घाका गहभरी आशु थिए। केही युवा दर्शकका आँखामा आक्रोशको आगो बलेको थियो।”

“केही कार्यकर्ताले विप्लवलाई राष्ट्रले सांस्कृतिक विभागलाई लोकतान्त्रिकरण गर्ने जिम्मा दिनुपर्ने माग राखे। ठूला नेताले आफूले सत्ता सम्हालेपछि विप्लवलाई ठूलो जिम्मा दिने घोषणा गरे। सत्ताका अनुहार परिवर्तन भए, जेलमा बस्ने कुर्चीमा बैंसे। पहिले कुर्चीमा बसेका नयाँ नेताका प्रवक्ता बने। नयाँ नेतृत्वको भयानक तारिफ भयो। ठूलठूला वक्तव्य र प्रचारबाजी भए पत्रिकाहरूले विशेषाङ्क निकाले। बडा नेतालाई तारिफ र वन्दना नगर्न सञ्चार माध्यम कुनै भेटिएन। समग्र कर्मचारी संयन्त्र नै आफ्नो भए जस्तो देखिन थाल्यो बडा नेतालाई तपाइहरू कसरी हाम्रो पाटीमा समाहित हुन भयो?” भनेर, बडा नेताले सोध्दा, “विचारको विजय हो, कमरेड! तपाई जस्ता युगश्रष्टाले देश हाँक्नु पर्छ बुझ्नुभो हामीले जहिले पनि नयाँ कुरालाई स्वीकार गरेर आफूलाई फेर्नुपर्छ भन्नै कुरा हजुरबाट सिक्यौ। बडा नेताले कर्मचारीबाट पाएको जवाफले दङ्ग परे।
“तपाई जस्तो त्यागी र स्वाभिमानी कविले पनि बिक्छन् भन्ने मलाई लागेको थिएन। सत्ता बाहिर रहेका हाम्रा विचारसँग सहमत नभएका मान्छेले हामीलाई तारिफ गरेको बेलामा तपाईले नै झन सरकार मातहतको विभाग कै जिम्मा लिएको मान्छेले पनि हाम्रा नेताका ससाना झिना मसिना गल्ती कमजोरी उछालेर आलोचना गर्ने।” अर्का थरी नयाँ टाटेपाटे पोसाक लगाउने कार्यकर्ता आएर कविलाई बडानेताको आदेश अनुरूप धम्क्याए। उनले तारिफ बडा नेताको फोस्रो तारिफ गर्न र माफ माग्न अस्वीकार गरे।

प्रतिगामीको गद्दार बनेको आरोपमा विभागको जिम्मेवारी मुक्त गरेर पुनः जेल हालियो र कारबाहीमा परेका पुरानै विभागीय प्रमुखलाई सोही विभागको जिम्मा पुनः दिईयो भन्ने खबर पत्रिकाहरूमा छापिएको कुरा जेलमै त्यहीको पुरानो सिपाहीले विप्लवलाई सुनायो।

1 thought on “स्वाभिमानी कवि”

  1. तपाईंले त यक दम घ्त लाग्दो
    तपाईंले त यक दम घ्त लाग्दो कुरा लेख्नु भयको रहछ नि

Leave a Reply

Your email address will not be published. Required fields are marked *