अहाँ कस्तो राम्रो कुरा, देशको विकाश गर्छु रे
नेता साहै असल हुन, देशकै लागी मर्छु रे ।
भन्छन उनी गाँउलाई, सहर बनाई दिन्छु
योजना सफल भएन भने, गाँउबाटै सर्छु रे ।
पदको भोको छैन, मन्त्री बन्नु उद्धेष्य होईन
नयाँ पदमा नियुक्तिको पालो, जती पनि कुर्छु रे ।
मन्त्री त बन्यो, तर भोट बैंकमा पुल बनेन
बर्षामा बाढी आए, सबैसंग मिलेर तर्छु रे ।
सम्पत्तिको थुप्रो पुगेन, श्रीमतीलाई फकायॊ
लौ जसरी पनि, विदेशी बैंकको खाता भर्छु रे ।
४ अगष्ट २००९
Khadkabinod02@yahoo.com
