Skip to content

भुलिदिन मन लाग्छ


किन किन कहिलेकाहीं भुलिदिन मन लाग्छ
सधैंभरि फूल बनी फुलिदिन मन लाग्छ

हजार नजर मेरा सामु आए गए पनि
तिम्रो आँखाको झिलमा झुलिदिन मन लाग्छ

तिम्रो मन मुटुमा बिहार गर्ने रगतसँग
मेरो मनलाई रगतमा घुलिदिन मन लाग्छ

काँडेतार लगाए पनि तिम्रो सुन्दर वगैचामा
भँमरा बनी बगैंचामा डुलिदिन मन लाग्छ

मर्नु परे मर्न तयार तिम्रो प्राप्तिको लागि
हुन्न भन्यौ भने बरु शुली दिन मन लाग्छ

भोजराज श्रेष्ठ एकलव्य
बयरवन ३ हरकपुर मोरङ

3 thoughts on “भुलिदिन मन लाग्छ”

  1. राम्रो छ, लयात्मक।
    गीत बनाउन

    राम्रो छ, लयात्मक।
    गीत बनाउन निकै उपयोक्त होला जस्तो। सुनिल संगमजीहरूको फेला पर्यो भने संगीत पनि निस्किन्छ कि!

    🙂

  2. nice ! tara ,maya maa marne
    nice ! tara ,maya maa marne ani suli chadne kuraa chai nagaru na ho !,,,,,,,,,,,,,,,,ha ha ha

Leave a Reply

Your email address will not be published. Required fields are marked *