Skip to content

गजल (भन्यौ, सुनें, बुझेँ)


भन्यौ, सुनें, बुझेँ तर, गर्न गाह्रो हुन्छ हजुर
जिन्दगीलाई लाको माया, मर्न गाह्रो हुन्छ हजुर

अरूले राम्रो न मलाई न तिमीलाई भन्छन
आफ्नै आँखाबाट चाहिँ, झर्न गाह्रो हुन्छ हजुर

जिन्दगी खहरे हो भेल आउँछ दुखको सधैं
सबैलाई आफ्नो मात्र, तर्न गाह्रो हुन्छ हजुर

समयमै सोचिहाल माया बस्नु अगाडि नै
घाउ न हो लागेपछि, भर्न गाह्रो हुन्छ हजुर

खुब चाहिन्छ मलजल रेखदेख स्याहार
बीउ छरिदैंमा माया, सर्न गाह्रो हुन्छ हजुर

दोबाटो मन्छ या बुटी लगाऊ किनेर महंगो
माया पनि दशा नै हो, टर्न गाह्रो हुन्छ हजुर

www.rajdinesh.blogspot.com

9 thoughts on “गजल (भन्यौ, सुनें, बुझेँ)”

  1. मलाई गजल पढ्न (सुन्न) एकदमै
    मलाई गजल पढ्न (सुन्न) एकदमै मन पर्छ, तर लेख्‍न भने सधैं गाह्रो लाग्छ । यो समान काफियालाई कायम राख्‍दै दिईने रदिफको विविधता झनै जटिल लाग्छ मलाई । तर वाह !, तपाई कस्तो सरलताका साथ गजल लेख्‍नुहुन्छ ।

    मैले देखेको तपाईको गजलको अर्को विशेषता भनेको नेपाली ठेट शब्दहरुको झर्रा प्रयोग हो, त्यो पनि एकदमै राम्रो लाग्छ मलाई ।

    सबै शेर वजनदार छन, तर अन्तिम मक्तामा पुग्दा भने वाह ! वाह!! नगरी बस्नै सकींन ।

    दोबाटो मन्छ या बुटी लगाऊ किनेर महंगो ।
    माया पनि दशा नै हो, टर्न गाह्रो हुन्छ हजुर ।

    गजब लाग्यो ।

    1. अमेरिकन ड्रीम
      हाय मेरो

      अमेरिकन ड्रीम
      हाय मेरो अमेरिकन ड्रीम
      साउन मा आँखा फुटेको म गोरु
      जता हेर्यो उतै हरियै हरियो देख्छु
      म जिंदगी हाड घोटेर फोक्सो फुकाई फुकाई
      रगत सुकाई सुकाई
      दिन रात हरूमा र रात दिन हरुमा रूपांतर गर्दैछु/
      प्लास्टिकका क्रेडिट कार्ड हरु संग जिंदगी साटेर
      सपनाका महल ठडयाउन तल्लीन म
      यही जन्मको सहज ऋण तीर्न ओवर टाइम गर्दै छु
      र प्रत्येक दिन अलि अलि मर्दै छु/
      हाय मेरो अमेरिकन ड्रीम
      हरिया पात हरु बटुल्दै हरियो पत्तो हात लाउने धुनमा
      मेरो कपाल फुल्यो मन फुलेको छैन/
      थुकक जिंदगी
      कहिले त फर्किएर जाऊ जाऊं लाग्छ
      गएर के गर्नु र
      देश आक्रांत छ बिभाजित मन हरुमा
      फेरि भोलि पल्ट यतै फर्किएर आऊं आऊं लाग्छ /
      बासु ढकाल
      अन्तररास्ट्रीय नेपाली साहित्य समाज कैलिफोर्निया च्याप्टर

  2. कहाँ बाट फुर्छन हो यस्ता
    कहाँ बाट फुर्छन हो यस्ता शब्दहरु गजब को छ दिनेश जि-अनुभव

  3. धन्यबाद , अतिथी जि, दिलिप जी
    धन्यबाद , अतिथी जि, दिलिप जी र अनुभब जी , यहाँहरुको सल्लाह सुझाबको सधैं आशामा छु । अतिथी जी , गजल को बारेमा मलाई त्यति ज्ञान छैन कोशिश मात्र गर्दैछु कि कुनै दिन गजल लेख्न सकियोस् ।

  4. लौ! दिनेशजीको पनि कुरा!
    मलाई

    लौ! दिनेशजीको पनि कुरा!
    मलाई चाहिं यो तलको शेर विशेष विचारणीय लाग्यो।

    अरूले राम्रो न मलाई न तिमीलाई भन्छन ।
    आफ्नै आँखाबाट चाहिँ, झर्न गाह्रो हुन्छ हजुर ।

    कुमार

  5. समयमै सोचिहाल माया बस्नु
    समयमै सोचिहाल माया बस्नु अगाडि नै ।
    घाउ न हो लागेपछि, भर्न गाह्रो हुन्छ हजुर ।
    natra dukha pakka pahinchha.
    sunil

  6. धन्यबाद , कुमार जी , सुनिल जी
    धन्यबाद , कुमार जी , सुनिल जी , प्रकाश जी , सदा तपाईंहरुको साथको आशा गर्दछु ।

Leave a Reply to dineshraj gyawali Cancel reply

Your email address will not be published. Required fields are marked *