Skip to content

बगर पो हो कि जीन्दगी

बगर पो हो कि जीन्दगी
सेता बालुवाहरुमा फैलिने
टललल टल्किने झललल झल्किने
या कुनै संगितमय धुनहरुमा हराईरहेको
वेश्याहरुको रात्रीकालीन अखाडा झै चिनिनॆ
फेरी उज्यालो नहुँदै मेटिने
मुर्दा शान्ति छाए जस्तो
फेरी केवल अर्को रात पर्खिने ।

बगर पो हो कि जीन्दगी
कहिले नभेटिने गरी हराउनॆ
भेलहरुले लछारेका अश्मिताहरुको साक्षी
बाढीहरुले चिथोरेको सून्दरताहरु
भेल र बाढीहरुमा नै रमिरहेझै देखिनॆ
साँढे जुधाईको मूकदर्शक
भर्खरै रंग हराएको तोरीबारी झै फैलिने
न लाली देखिनॆ न सुवास भेटिनॆ ।

बगर पो हो कि जीन्दगी
हिउँदको प्यासले छटपटिदै
सुक्दै गएको खोलाको नियती चिहाउने
फेरी बर्षाको प्रतीक्षामा
एउटा लामो यात्राको यात्री झै रमाउनॆ
आफनै प्यास मेट्न नसक्ने
विकल्पहिन काकाकुल जस्तो
मृगतृष्णामा नै रमिरहने ।

बगर पो हो की जीन्दगी
खोलाको छेउमा फ्याँकिने
कहिले यताबाट मिचिने
कहिले उताबाट थिचिने
फेरी बर्षाको भेलले
लाली सबै पुछिने
रहरहरु सबै लुछिने
मायाहरु सबै चुडिने
बगर पो हो की जीन्दगी
वेअर्थ सुस्ताउने
अनायासै अस्ताउने ।

६ अगष्ट २००९
khadkabinod02@yahoo.com

3 thoughts on “बगर पो हो कि जीन्दगी”

  1. बिनोदजी, यहाँको गध कबिता
    बिनोदजी, यहाँको गध कबिता राम्रो लाग्यो
    हुन’त मलाई मुल्याङ्कन गर्न तेतीसारो आउँदैन
    तर एउटा कुराले यो कबितालाई अली तितो बनायो की?
    गल्ती बोलेमा माफि चाहन्छु, कबी जहाँ शब्द भेट्छ उहानै पुग्छ,त्यो कुरा साँच्चो हो.
    (वेश्याहरुको)यो शब्दले कबिताको मिठाशलाई शायद अली तितो बनाएको त होइन?
    तर मलाई शब्दको साह्रै ज्ञान नभएको पनि हुन सक्छ, भुलभएँ माफि पाउँ.

    गीता थापा (दोषी)
    ईजरायल

    1. Gitaji,
      Thank you for reading

      Gitaji,
      Thank you for reading and commenting on my poem. I will try my best in future to look for appropriate word. I am sorry if this word makes any inconvenience to anyone.
      Regards, Binod

  2. यस् कवितामा “वेश्याहरुको
    यस् कवितामा “वेश्याहरुको रात्रीकालीन अखाडा” भनेर बेश्याव्रितिको लागि तोकिएको “रेड लाईट” क्षेत्र इङित् गर्न खोजेको हु। यस्को अन्य अर्थ लाग्न गयेमा म क्षेमाप्रार्थी छु । बिनोद् खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *