Skip to content

“उनीसँग…”


सराङ्कोटको डाँडा सङ्गै चढ्दै गर्दा मजा भयो
हात समाई उन्को नजिक बढ्दै गर्दा मजा भयो।

उकालीको यात्रा सङ्गै साथीहरु छिन्न भिन्न
सङ्गै हामी दुईको दुरी घट्दै गर्दा मजा भयो।

थाकेँ भन्दै काँखमा राखी उठाउन अनुरोध भो
बोक्ने बेला चिप्लेपछी लड्दै गर्दा मजा भयो।

अचानकै अनायासै बाँधिएछौ आलिङनमा
लजाएका नजर उनका पढ्दै गर्दा मजा भयो।

उठ्यो छाल फेवातालमा फुटें सबै बाँधहरु
ओठ माथि ओठ झनै गड्दै गर्दा मजा भयो।

सराङ्कोटको डाँडा सङ्गै चढ्दै गर्दा मजा भयो
हात समाई उन्को नजिक बढ्दै गर्दा मजा भयो।

10 thoughts on ““उनीसँग…””

  1. निर्मला जि अनी अर्को मित्र
    निर्मला जि अनी अर्को मित्र शायद नाम ठम्याउन गार्ह्रो पर्‍यो मलाई तर Haguri जस्तो लाग्छ धेरै धेरै धन्यवाद -अनुभव

  2. थाकेँ भन्दै काँखमा राखी उठाउन
    थाकेँ भन्दै काँखमा राखी उठाउन अनुरोध भो
    बोक्ने बेला चिप्लेपछी लड्दै गर्दा मजा भयो।
    वास्तबिक सेरनै हो कि क्या हो अनुभव जी ? सेरहरु सटीक छन् ।

  3. दिनेशजी, नढाँटी भन्नुपर्दा
    दिनेशजी, नढाँटी भन्नुपर्दा तपाईंको कुरामा एकदम सत्यता छ-अनुभव

  4. अनुभव जी ramro lagyo
    मनोज

    अनुभव जी ramro lagyo

    मनोज काफ्ले मनसुन
    हाल कुवैत

  5. अनुभव जी Dherai ramro lagyo
    अनुभव जी Dherai ramro lagyo

    Anubhav ji tapain ko yo gajal le ni maile Pokharama bitayaka palharuko yaad dilayo…… ramro lagyo

    aru koseliharu pani paskidai janus la…

    All the Beat

    Tanka Khanal “Deadbody”
    Birauta chowk pokhara…. nepal

    Indira gandhi international Airport
    New Delhi
    India
    deadbody80@gmail.com
    dineshkhanal2007@yahoo.com

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *