
आज बिहानैदेखि ऊ केहि चिन्तित देखिन्थ्यो, उसको अनुहारबाटै उसका मनका तरंग र मस्तिष्कमा तनावको लहर चलिरहेको अनुमान लगाउन सकिन्थ्यो । अत्यधिक चिन्ताका कारण ऊ निदाउन सकेको थिएन ।
आज बिहान मात्रै उसले आफना तीनजना पुराना साथीहरुलाई भेटेको थियो । तिनै जना आ-आफ्ना क्षेत्रमा स्थापित भैसकेका र राम्ररी जीवन यापनमा लागेका थिए । बर्षौंसम्म बरालिएर हिडने मान्छे आज बर्षौं पछि पुराना मित्रहरुलाई भेटेर खुशी हुनुको बदला ऊ झन् दुखी देखिन्थ्यो र आफूले केहि गर्न नसकेकोमा केहि पीडित पनि ।
ओछ्यानमा पल्टी पल्टी उसले आफ्नो व्यापारी साथीको बारेमा सोच्यो र आफू पनि व्यापारमा लाग्ने बिचार गर्यो, तर…. न त उसंग लगानीको लागि पूँजी थियो न त गाँउघरको विश्वास !
त्यसपछि उसले दोस्रो साथीको जस्तै कृषि पेशा अपनाउने बिचार गर्यो, तर बाउ बाजेले छाडेर गएका जग्गा जमिन बेचेर खाईसकेको र कृषि सम्बन्धी आजश्यक ज्ञान पनि नभएकोले उसले त्यो विचार पनि त्याग्यो ।
अन्तमा उसले सरकारी अधिकृतको रुपमा कार्यरत तेस्रो साथीको बारेमा सोच्यो र उसले जस्तै जागिर खाएर जीवनयापन गर्ने विचार गर्यो, तर अपसोच ….! …न त उसमा कुनै विशेष गुण थियो न त लोकसेवा दिन चाहिने आवश्यक योग्यता नै ।
सोच्दा सोच्दै उसको मानसपटलमा एक्कासी राजनीतिमा लागेको चौथो साथीको प्रतिविम्ब आयो, ….ऊ अनायशै मुस्कायो …. उसका चिन्ता अलि कम भए …अनुहार अलि तनावरहित देखियो र ऊ विस्तारै आरामसँग निदायो ।
दिलीप आचार्य
http://dacharya.blogspot.com/

एकदम वास्तविक। अलि मारपिट
एकदम वास्तविक। अलि मारपिट गर्ने योग्यता त चाहियो नि! तर जे भने पनि, अहिले प्रतिस्पर्धा चाहिं व्यापक छ, त्यस कारण अबका नवआगन्तुक राजनीतिज्ञलाई चाहिं मार छ है!
कुमार
दिलिप जी ,
सटिक कथा छ
दिलिप जी ,
सटिक कथा छ ।राजनितिमा लाग्नेहरुको पनि एउटा निश्चित तहमा ,पुग्नलाई आधारभूत योग्यताको निर्धारण हुने दिन आउला र हामि बाँच्दै ? खोई मुश्किल छ ।
प्रभावशाली यथार्थको चित्रण
प्रभावशाली यथार्थको चित्रण निकै शाब्दिक कसरत अनाएर गर्नुभएको छ दाइले । अरू कुनै कामकुरामा जम्न नसकेपछि राजनीतिमा ‘पग्लिने’ सजिलो सोच फुर्नु नेपालको सन्दर्भमा असक्षम खेतालाहरूको खेती भएको छ । दाइको कलाकारी शिल्पको लागि आभार है !
एकदम यथार्थपरक छ। अहिलेक असफल
एकदम यथार्थपरक छ। अहिलेक असफल मानिसहरुको मनोबृत्तिलाइ राम्ररी प्रस्तुत गर्नुभएको छ। भविश्यमा पनि तपाईका रचनाहरु पढ्न पाईयोस्।