न सिउँदोमा मेरो सिन्दुर’नै तिम्रो नाउँको निशानी’छ
न’त मेरो अब तिम्रो जस्तै भरपुर जवानी बाँकी’छ
अमूल्य प्रेमको मूल्य’नै कहाँ र मागु तिमी सँग म केही
अल्झिएछ त्यही मात्र ढुकढुकीमा केवल नै केवलमा उही
तिम्रो भित्ताभरी टाँगेको मेरो तस्विर सलाई कोरेर जलाईदिनु
केही याद अझै बाँकी तिमी सँग भए मलाई’नै फिर्ता गरिदिनु
हिजो जो थियो आज भैइँसक्यो तिमी फेरी त्यहाँ नगहिरिनु
यस्लाई तिमी एउटा नमिठो भूल सपना हो भनी भूलीदिनु
अब खरानी भएका मात्र शून्यतालाई तिमी झझल्कोमा नराख्नु
हिजोको अतित भूलेर अब तिमी आज सँगै रमाउँन सिक्नु
गीता थापा (दोषी)
ईजरायल

gita jee kabita ramrocha.
gita jee kabita ramrocha. atit vaneko ta atitma nai bichodincha yo sab samayko kolto pani manincha.nata dasta nata vagy nata bibash.(mina bantawa)
सिउदोमा रङ्गिएको सिन्दुरले
सिउदोमा रङ्गिएको सिन्दुरले प्रेम देखाउदैन
भरपुर जवानी पनि प्रेमको उपहार हैन
अ मूल्य प्रेम मागेर मागिने भिक्षा हैन
पबित्र माया नासिएर कहिले नासिन्दैन
कागजको तस्बीर जले पनि मनको तस्बीर कहिले जल्दैन
दिएको कोशेली फिर्ता कहेले नि गरिदैन
हिजोको मिठो सम्झना नै बाकि जीबनको जिउने आधार हुन्छ
कतिपय कुराहरु भुलेर पनि भुलिनसक्नु हुन्छ
शुन्यतालाई झझल्कोमा राखी जिउनु खल्लो हुन्छ
पक्कै पनि तीतो अतितलाई भुलेर मीठो बर्तमानमा रमाउनु पर्छ।
कोही भन्छन साउनको उर्लिने भेल
कोही भन्छन साउनको उर्लिने भेल हो जीवन
कोही भन्छन रेफ्री र नियम बिनाको खेल हो जीवन,
कोही भन्छन सुख दु:ख को मेल हो जीवन
तर, तर म भन्छु खाना नमिल्ने सेल हो जीवन।
के “अमरदीप”
हाल:दुबई
प्रेम
अस्ति नै,
उनीहरूले
प्रेम
अस्ति नै,
उनीहरूले मलाई
प्रेमको बारेमा
धेरै सिकाउन खोजेका थिए ।
र पनि मैले बुझ्न सकिन
कि, प्रेमको बारेमा ।
म सधैं,
प्रेमलाई
तौलिन खोज्थेँ
व्यर्थका चिजहरूसँग
गुन्द्रुकसँग, खोलेसँग ।
र, असारे झरीसँग ।
तर, आज आएर
मलाई थाहा लाग्यो–
प्रेम सागर रहेछ,
सम्राटलाई तयार पारिएको
चौरासी व्यञ्जन रहेछ ।
र, रहेछ
माघमासको एउटा
अति शान्त बर्षा
जसले बेशीमा
शीतलता अनि
लेकमा, एक अञ्जुली
हिमपुरी ल्याएर आउँछ ।
०६१ माघ
न सिउँदोमा मेरो सिन्दुर’नै
न सिउँदोमा मेरो सिन्दुर’नै तिम्रो नाउँको निशानी’छ न’त मेरो अब तिम्रो जस्तै भरपुर जवानी बाँकी’छ
Bhavpurna lagyo subhakaaman6 geeta ji