दूरको छोरो आएन भनी बिस्मात नगर्नु
भावीको लेखा के गर्नु बुबा बलाप नगर्नु
दुई चार बर्स बिदेसी माटो भिजाई खुनले
म फर्की आउछु स्वदेस सम्झी हजुरको गुनले
बाबुको मुख हेर्नलाई भनी सबै छन पासमा
म एक छोरो समुद्रपारि बिदेसी माटामा
गरीबको घर बलेन चुलो सुकें नयनजल
देखेर हालत घरको सम्झी मन छैन चयन आज
सार्थक जीवन बाच्नलाई बुबा भएन फलिफाप
संसारमा गरीब जीवन जस्तो केही छैन अभिषाप
सम्झेर एक दिन आउँछु घर मुख हेर्न बाउको
त्यों दिन पर्खी बस्नुहोस् बुबा ऋण चूकाई साहुको
(झ्याउरे छन्दमा)
लखनपुर ३ झापा, नेपाल

VERY NICE …….. KEEP IT UP
VERY NICE …….. KEEP IT UP
hey man you can earn as much
hey man you can earn as much as you do there by working in Nepal. go home and start your career.