Skip to content

हाम्रो नेपालमा

  • by


सच्चा कमाई कस्ले गर्यो राजनीतिको आहालमा
साना माछा भए जनता नयाँ हाम्रो नेपालमा

सीताहरूको हरण गरी रामहरू बनबासतिर
उद्त छन कैकेयी र रावण यो नेपालमा

महिषासुर, रावण र कंश अनि पुतानालाई
सुनपानीले चोख्याइन्छ बीरहरूको नेपालमा

द्रौपदी झैं बनाएका चुनाब ताका जनताले
उसकै ठुलो चुरी फुरी के भएको नेपालमा

हरियो बन हाम्रो धन नेपालीको साझा आहान
राष्ट्रिय फूल लाली गुराँस देखिन्न पो हिमालमा

झापा ,नेपाल
हाल बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *