छिट्टै आउँला सिन्दुर लिई सिउँदो तिमी खाली राख्नु
जोगाउनलाई गाह्रो परे थोरै आँफै हाली राख्नु
नओड भो श्रीङ्गार बस्त्र दुनियाँले आँखा लाउलान्
भित्र यसै सुन्दर तिमी बाहिरी रुप काली राख्नु
दैब पनि चुक्छ भन्छन् लामो ब्रत बस्दा खेरी
सम्झिएर हरपल मलाई फूल अक्षता थाली राख्नु
निर्दोश स्वभाब नदेखाउ दुनियाँले ईर्श्या गर्छ
जती आउँछन् फर्की जान्छन् त्यो मन सधैं जाली राख्नु
सताउलान् सधैं सधैं हृदय नै धुजा पार्लान्
मेरो लागि बिस्वास तिमी त्यो मन सधैं टाली राख्नु
निर्मला थापा,

निर्मला जि !
पाठकहरु ले
निर्मला जि !
पाठकहरु ले लेखनलाई लेखक / लेखिका को सन्दर्भ सँग पनि जोडेर हेरेको हुन्छ । यस मा एउटा सन्दर्भ नमिलेको जस्तो लाग्यो । गजल त तपाईं को राम्रो हुने नै भै हाल्यो ।
चन्द्रयात्री
निर्मला जि कसैले तपाईंलाई यसै
निर्मला जि कसैले तपाईंलाई यसै भनेर छोडे जस्तो लाग्यो नि ! हाम्रो मनको कुरालाई पनि सरल रुपमा बुझिदिनुभएकोमा धन्यवाद! तपाईंले पुरुष सन्दर्भ भनु वा चरित्र भनु ! मा लेखेको गजल मेरो हेराई र बुझाईमा उत्कृष्ट छ….
छिट्टै आउँला सिन्दुर लिई सिउँदो तिमी खाली राख्नु
जोगाउनलाई गाह्रो परे थोरै आँफै हाली राख्नु
उत्तरोत्तर प्रगतिको कामना………..
चन्द्रयात्री जी,
दुख नमान्नु
चन्द्रयात्री जी,
दुख नमान्नु होला, योत झन साहित्यको राम्रो कला भित्र पर्दैन र?
लेख रचना भनेकोत आफनो मात्रै नभएर समाजका हरेक चीज धनी, गरीब, माया, प्रेम, मीलन, बिछोडको, पिडा, या खुसीमा आफु पौडिएर त्यहाँ भेटिएका आभास हरुलाई श्रृजनात्मकदंगले बाहीर निकाली प्रस्तुत गर्नु नै श्रस्ताको कला हो जस्तो लाग्छ, मेरो ब्यक्तीगत बिचारमा।जस्तै निर्मला जी यहाँ प्रेमीका लाई हेर्ने प्रेमीको दिलभित्र घुसन सफल हुनुभएकोछ।
बधाई छ निर्मला जी,
इन्द्र पुन “इन्द्रेणी”
निर्मला जी
भावना ले परदेशी को
निर्मला जी
भावना ले परदेशी को मन पग्लियो
सात समुन्द्र पारि बसेर कुरी रहेको प्रेमी अनि घरमा आफ्नी प्रेमिका संग मन को कुरा
सुटुक्क भने जस्तो लग्यो
छिट्टै आउँला सिन्दुर लिई सिउँदो तिमी खाली राख्नु
जोगाउनलाई गाह्रो परे थोरै आँफै हाली राख्नु
2bich
Jasle halidiyepani rangiyeko siudo kati sunda…. manamohak………
yo sher pani उत्तम लग्यो
निर्दोश स्वभाब नदेखाउ दुनियाँले ईर्श्या गर्छ
जती आउँछन् फर्की जान्छन् त्यो मन सधैं जाली राख्नु
सुभकामना छ
गजल प्रतिको प्रतिकृयाको लागि
गजल प्रतिको प्रतिकृयाको लागि चन्द्र जि, अनुभब जि, ईन्द्र जि अनि मनोज जि यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद!
निर्मला थापा
गजल प्रतिको प्रतिकृयाको लागि
गजल प्रतिको प्रतिकृयाको लागि चन्द्र जि, अनुभब जि, ईन्द्र जि अनि मनोज जि यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद!
निर्मला थापा
निर्मला जी गजल उत्कृस्ट
निर्मला जी गजल उत्कृस्ट लाग्यो परदेशमा भएकाहरुलाई झन यो गजल आफ्नै कथा लाग्छ यस्तै रसिला गजल हरु पस्किदै गर्नुहोला शुभ-कामना
विमल गौतम
साउदी अरेवीया