Skip to content

दिल घायल छ मेरो


दिल घायल छ मेरो, हेर्दैमा देखिंदैन
खोपेको नाम तिम्रो, केर्दैमा मेटिंदैन

निकै चोटि परीक्षा, यो प्रेमको लिइयो
प्रेम अमर छ मेरो, रेट्दैमा रेटिंदैन ।

ऋतुहरू आएर गए, संसारको रीत छ
बृक्ष्यमा नयाँ पालुवा, फेर्दैमा फेरिंदैन ।

यहाँ प्रेमका कथा, लेख्ने धेरै भए
मीठो प्रित यसरी, लेख्दैमा लेखिंदैन ।

मान्छेहरू भन्छन्, जोडी स्वर्गमै बन्छ
मन मिल्ने कहीं कतै, चहार्दैमा भेंिटदैन ।

3 thoughts on “दिल घायल छ मेरो”

  1. bashtabma pabitra prem
    bashtabma pabitra prem garnelai matra premko bastabik artha,marma ra yasko mahatwa tha hunchha
    haina ra mitra g!
    dherai ramro chha

  2. susmaji,
    tapaiko

    susmaji,
    tapaiko GAZALma doubal kafiyako prayog vayko anuvuti hunchha. GAZAL ramro lagyo. ajhai baharma lekhnuvako eay ta sunma sugandha hune thiyo.

    – gorkhesailo, chitawan, nepal.

  3. सुस्माजी
    नमस्कार छ ।
    तपाइको

    सुस्माजी
    नमस्कार छ ।
    तपाइको गजल पढे, धेरै राम्रो लाग्यो । प्राय तपाइको कथा,कबिता र गजलहरु यौन र प्रेमसङ जोडिएको हुन्छ । गजल साह्रै राम्रो छ । यस्तो राम्रो गजल रचना गर्ने समय कसरी मिलाउनु हुन्छ? लेख्दै गर्नु होला ।हामी पाठकहरुबाट शुभेक्षा छ ।

    उहि निर्दोसि साथी
    कृष्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *