Skip to content

यतै कतै

यतै कतै रङ्गी चङ्गी फुलहरु झै हासु भन्छु
त्यै हासो मा अल्झाएर एउटा प्रीत गासु भन्छु
नसुन्नेलाइ पनि सुनाउ यो सरगम को मिठो बहार
यतै कतै देख्छु फेरि चन्द्र जस्तो तिम्रो मुहार

फुल फुल्दा लाग्छ आज ऊ इर्स्याले जले जस्तो
सप्तरङ्गी इन्द्रेणी ले लाजको घुम्टो ओढे जस्तो
आउ हात समाएर प्रीतको चिनो साचि राखौ
बादलुको काखमा बसि युगौ युग बाची राखौ

यतै कतै बज्छ्न पाउजु सामिप्यले मदहोसी भै
तिम्रो छाया मेरो खुशी नाच्छ मन पुतली झै
हरपल आइदेउ सपनी मा मेरो निन्द्रा चोरिदिन
वसन्तलाइ बोकि ल्याउ जीवनरेखा कोरिदिन

✍️हरि थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *