Skip to content

पुरस्कार वितरण साथै पुस्तक विमोचन कार्यक्रम सम्पन्न

  • by

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजना र आदिकवि भानुभक्त क्याम्पसको सह-आयोजनामा व्यास नगरपालिकाको प्रवर्धनमा ‘स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष आकाश अधिकारीले गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्त रहनुभएको थियो।

विशिष्ठ अतिथि साहित्यकार डिल्लीराम मिश्र, महाप्रसाद हड्खले (महेश), ब्यास नगरपालिका शिक्षा प्रमुख नगेन्द्र राज न्यौपाने रहनुभएको थियो।

क्षेत्रपताप स्मृति साहित्य पुरस्कार २०७८बाट नेपाल संगीत नाट्य प्रतिष्ठानका प्रज्ञा सभासद हरिदेवी कोइरालालाई प्रदान गरिएको थियो। उक्त पुरस्कारको राशी २५ हजार रहेको छ।

गीतल राष्ट्रिय पुरस्कार २०७७बाट कवि प्रोल्लास सिन्धुलीय र २०७८बाट गायक राज सिग्देललाई पुरस्कृत गरिएको थियो। उक्त पुरस्कारको राशी दस हजार रूपियाँ छ ।

यस्तै गीतल प्रतिभा पुरस्कार २०७७बाट लोकगायक शङ्कर परियार र २०७८बाट लोकगायिका आशा बिसीलाई पुरस्कृत गरिएको थियो। उक्त पुरस्कारको राशी पाँच हजार रहेको थियो।

कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका सहप्राध्यापक नारायण प्रसाद गौतमद्वारा लिखित महाकाव्य सुनकेसरी विमोचन गरिएको थियो। समालोचक महाप्रसाद हडखले (महेश)ले यस महाकाव्य नेपाली साहित्यको क्षेत्रमा नयाँ आयाम थपेको र कृतिका लेखक नारायण प्रसाद गौतमको लेखनबाट आफू प्रभावित रहेको कार्यक्रममा जानकारी गराउनुभयो।

काठमाडौँ, भक्तपुर, चितवन लगायत देशका विभिन्न स्थानहरुबाट गरी पचासभन्दा बढी साहित्यकारको उपस्थितिरहेको थियो। उपस्थित हुने साहित्यकारमा क्षेत्रप्रताप सुपुत्र/डन डाइरेक्टर अमन प्रताप अधिकारी, आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठ, गीतल प्रतिभा पुरस्कार प्रदाता भीम ज्यालादारी, अम्बिका भट्टराई, नारायण मरासिनी, अम्बिका भण्डारी, रञ्जु दाहाल, कल्पना धमला, अनिता यात्री, युवा कवि प्रज्वल अधिकारी, गजलकार रुपक वनवासी, कवि रसिक राज, शिब आर्य, डा राम कुमार अधिकारी, मुक्तक मञ्च तनहुँका अध्यक्ष श्रीराम भट्टराई, प्रलेस तनहुँका अध्यक्ष कल्पना पौडेल, उपाध्यक्ष विकास विक, वेदव्यास संस्कृत माविका प्राचार्य विष्णुहरि भट्टराई, म्याग्दे साहित्य समाजका अध्यक्ष कवि चन्द्रमणि आस्था अविचल, भानुभक्त क्याम्पस खैरेनीटारका प्राध्यापक कवि बन्धुराज अधिकारी, नरमाया आले, बाबुराम सापकोटा, चेतनारायण लामिछाने, शंकर राज नहर्की, जनार्दन दाहाल, शारदा भट्टराई लगायतका कविहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

वेदव्यास संस्कृत माविका विद्यार्थीले स्वस्ती वाचन गरेको कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले नाटक प्रस्तुत गरेका थिए।

कार्यक्रमको उद्घाटन ब्यानर पढेर गरिएको थियो। स्वागत मन्तव्य आयोजक संस्थाका सहसचिव शान्ता बास्तोलाले गर्नुभएको कार्यक्रमको संचालन संस्थाका सचिव दिवाकर भट्टराईले गर्नुभएको थियो।

२०७८/१२/१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *