Skip to content

हिन्दु धर्म बाँस र अगरबत्ती



जसरी चंदन नामको सुगन्धित वृक्ष पाइन्छ ठिक उसै गरि अर्को पनि सुगन्धित वृक्ष पाइने गर्दछ तर बड्दो चोरी निकासी ले आज को दिन मा उक्त वृक्ष हामी माझ बिलुप्त झै भै सकेको छ । उक्त वृक्ष को नाम हो अगर जसको नाम बाट भारतमा त्रीपुरा राज्यको राजधानी अगरतला समेत नामाकरण गरिएको छ ।

अगर वानस्पतिक नाम Aquilaria malaccensis एउटा वृक्ष को नाम हो । अगर मुल रुपले एशिया महाद्वीप मा पाइने अति सुगन्धित वृक्ष हो । नेपालमा यो वृक्ष बिलुप्त नै भैसकेको छ भन्दा अतिशयोक्ती नहोला यो वृक्ष नेपाल बाहेक भारत , चिन ,बङलादेश ,भुटान , फिलिपिन्स, म्यानमार ,सिङ्गापुर, मलेशिया , लाओस , कम्बोडिया आदिमा अझै पनि पाउन सकिन्छ ।

दुर्गा माताको आरती मा एउटा लाइन आउदछ, कंचन थाल विराजत, अगर कपूर बाती… यहाँ यो अगर को अर्थ बजारमा पाइने अगरबत्ती लाई नभै यो वृक्षलाइ इङ्कित गरिएको हो ।

परापुर्व काल मा हामी सङ्ग मानव निर्मित कृत्रिम वस्तुहरुको कुनै आविस्कार भएको थिएन त्यसैले प्रायः सबै कुराहरु पुर्णतः प्राकृतिक वस्तुहरुको प्रयोग हुने गर्दथ्यो । जसरी आजको व्यस्त समयको कारणले हामी बिधिवत पुजा गर्न असमर्थ भए तापनि बिहान बेलुका दियो भने पक्कै पुजा कोठामा बाल्ने गर्दछौ ।अझ भनौ साझ बत्ती नबाली खाना नै नखाने हाम्रो नियम नै जस्तै छ । हो यो दियो बाल्दा , पुजा पाठ गर्दा हामी सुगन्धित अगरबत्ती (धुपकाटी ) को पनि प्रयोग गर्ने गर्छौ साथै दियो मा तेल घ्यू हालेर दिपक पनि बाल्ने गर्दछौ ।

सायद हामी कति लाई थाहा नहुन सक्छ कि हामीले दियो किन बाल्छौ ? यसको के फाइदा छ त ? सुख समृद्धि का लागि दिनहु बिहान बेलुका शुद्ध गाइकै घ्यु मा दियो बाल्नु पर्छ । यसमा रहेका बिशिस्ट रसायन हरु आक्सिकरण हुनाले घरको धनात्मक उर्जामा वृद्धि हुने गर्दछ । शास्त्रका अनुसार गाइको दुध द्वारा निर्मित शुद्ध घ्यू को दिपक वैभव धन लक्ष्मी सुख शान्ति बढाउने साथै घरका सदस्यहरुलाइ शुभ , कल्याण तथा आरोग्य राख्ने धोतक का रुपमा लिइन्छ । परापुर्व कालमा प्रयोग गरिने अगर वृक्ष को काठको सट्टामा अहिले बजारमा सुगन्धको होडबाजी मा रहेका अनेकौ किसिमका अगरबत्ती हरु पाइने गरेका छ्न जुन तपाईं हामी सबैलाइ अवगत नै छ ।

के साच्चै अहिले बजारमा पाइने सबै अगरबत्ती पुजा आजामा प्रयोग गर्न उपयुक्त छ्न त ?

बजारमा पाइने अधिकाङ्स अगरबत्ती मा बाँसको प्रयोग भएको पाइन्छ ? आखिर बाँसैको त प्रयोग गरिएको रहेछ ? यसमा तेत्रो आपत्ति चै के त भन्दा हिन्दु धर्ममा बाँस जलाउन बर्जित छ । सनातन हिन्दु परम्परा अनुसार कुनै पनि हवन , यज्ञ अनि पुजा आजामा बाँस जलाउनु निषिद्द हो ,अशुभ मानिन्छ । पहिला पहिला बाँसलाइ मात्र मुर्दा जलाउनको लागि प्रयोग गरिन्थ्यो । सनातन मा यो पनि भन्ने गरिन्छ कि बाँस जलाउनाले बङ्श विनाश हुन्छ अनि यो बैज्ञानिक रुपमा पनि सिद्ध भैसकेको छ । बाँस जलाउदा कयौ किसिमका केमिकल हरु निस्किने गर्दछ्न यो केमिकल महिला तथा पुरुष का रिप्रोडक्टिव अर्गानमा हानिकारक प्रभाव पार्दछ फलतः यसैको कारणले बाझोपन निम्तिने खतरा बढ्दछ ।

यसर्थ यदि हामीले सुगन्धकै लागि पुजा आजामा बाँस प्रयोग भएका अगरबत्ती हरु भगवान का नाममा चढाइरहेका छौ भने यसको सट्टा सम्भव भए सम्म बाँस प्रयोग नगरिका अगरबत्ती हरु प्रयोगमा ल्याउने कोशिश गरौ यदि सम्भव नभए शुद्ध गाइको घ्यू मा दियो बाल्नु अति उत्तम विकल्प हुन आउँछ ।

ठिकै छ हाम्रा ऋषि महर्षी हरु ले हाम्रो ग्रन्थ मा यो गर्नु यो नगर्नु भनेर जे जे लेखेछ्न त्यो बैज्ञानिक छैन आफ्ना भनाइ लाद्न खोजेको , ब्राह्मण वाद जमाउन खोजेको एक जमातले भन्नुहोला । अहिले तपाइको हातमा मोबाइल छ हरेक चिजका जानकारी हरु गुगलमा गएर टाइप गर्नुस सम्पुर्ण विवरण पाउनु हुनेछ । अहिले को जमनामा पनि तेस्ता पुरातन कुरा पत्याएर यो डिजिटल युगलाइ ढुङ्गे युग तिर धकेल्ने हो भन्ने तर्क पनि एकथरी मानिसको रहला उहाँ हरुलाइ यै बैज्ञानिक युगका महान हस्तिहरु मङ्गल ग्रह चन्द्र ग्रह मा पुग्ने बैज्ञानिक हरुको जत्थाले स्विकार गरेका बाँस बाल्दाका बेफाइदा हरु हजुर हरुले गुगल लगायत कुनै पनि लेख तथा किताबहरु खोजेर पढ्न सक्नु हुन्छ ।

हाम्रा वेद र ग्रन्थहरु कति व्यवहारिक र कति बैज्ञानिक छ्न हामीले चासो नदिएर , हामीले महत्वमा नराखेर मात्रै ओझेलमा परेका हुन ।

तपाइहरु सम्पुर्ण मा भगवान को कृपा सदा सर्वदा बनिरहोस


🙏🙏🙏🌺धन्यवाद 🌺🙏🙏🙏

✍️हरि थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *