Skip to content

हरि मोहनका डायरी बाट

अस्पतालमा हुदा लाग्यो
खाली घर भन्दा अर्को
कुनै भयानक डराउने ठाउँ
छ भने बस यहि हो

तप तप चुहिएका
रगत र अक्सिजन का थोपाहरुमा
रोकिदै चल्दै गरेका मुटुका धमनीहरु को
आर्तनाद सुन्दा लाग्यो
बस यो भन्दा डराउने कुनै प्रयोगशाला
छ भने बस यहि हो

प्राप्ती र बियोगमा फूलका गुथ्थाहरु
आदि र अन्त्य को मध्यान्तरमा
चुहिदै गरेका आँसु का ढिक्काहरु सङ्ग
मितेरी साइनो लगाएको देख्दा लाग्यो
बस यो भन्दा नाटकिय मञ्च
छ भने बस यहि हो

अन्तिम आशा र ढुकढुकी लाइ
भगवान का नामहरुले
कतिलाइ न्याय देला
कति लाई अन्याय गर्ला
बस यो भन्दा आतंकपुर्ण अदालत
छ भने बस यहि हो

काम्दै गरेको हातमा दबाइ
लाइनमा बसेका मानिसहरुको हड्बडी
एक एक गर्दै
कमिज का प्रत्येक गोजि छाम्दै थिए
गेटबाट एक हुल हास्दै निस्किए
अर्को हुल……

Leave a Reply

Your email address will not be published. Required fields are marked *