Skip to content

प्रितका कुरा

समदृष्टि समभावमा बाँच्न सिक्ने हो
मायाको कुनै सीमा बाध्यता हुदैन
हर लोकमा हुन्छ मधुर भाव
हो जस्को सम्झनाले मात्र
अलौकिक आनन्द दिन्छ

बोल्दिनौ किन, यो अनौठौ नै भो
गर्यौ प्रेमका कुरा वेदना किन लुकाउनु थियो
अफ्ठ्यारो तिमीलाई कि ? केही छकाउनु थियो
सुखी खुसीरहन त सब बताउनु नै थियो

देख्छु हेर्न पाउँदिन
के विडम्वना
भन्न पाउँदिन दूर देशको
चन्द्रमा नियार्दै
मृगमरिचिकामा जीवन गुजरिँदै त रहेछ
फगत!

मौन रहेऊ न बोली
निर्धक म हेरिरहें
के दिऊँ कसम
म प्यारको
जो छोडी म गइरहे
थियो आर्त मनमा
कि घा फलिरह्यो
विगुल क्रान्तिको
सर्वदा रहिरह्यो

बल्ल बोल्यौ चेतको घर आयौ
बह खोली मनको प्रीत पायौ
आसै आसले बाँची दिने रात पायौ कि
मोहनी झैं छली जाने जीवनमा छायौ कि

मिठा भावमा म डुबिरहेँ पास तिम्रै समिप रहेँ
ती गुलापसँगको आत्मीयता
सङ्ग्लिरहेछ मभित्र
बाँधिइरहेछु म तिमीमै
कतै बाँचेकै
छु कि तिमीभित्र

इच्छा छैन स्वेच्छा को अंकुस हुदैन
भन्न मन छ तर किन किन बोल बोल्दैन
रंगका अनेक रुपमा म हराउँदै गएछु
तिम्रै छायामा म त हर दिन बिलाउँदै गएछु

समग्रमा केवल मान्छे हुँ म
तिम्रा ऑखामा विविधता हुँ
अन्तर मनको गायक हुँ म
मायाकै म पुजारी हुँ म

इच्छा छैन स्वेच्छा को अंकुस हुदैन
भन्न मन छ तर किन किन बोल बोल्दैन
रंगका अनेक रुपमा म हराउँदै गएछु
तिम्रै छायामा म त हर दिन बिलाउँदै गएछु

माया तिम्लाई मुरी मुरी आऊ बस दिऊँला
माया माया मायाले नै तिम्लाई सजाऊँला
तिम्रा कुरा भनी राख कोसेलीमा ल्याऊँला
साँची राखे मोहनी रमाउन पाऊँला

Leave a Reply

Your email address will not be published. Required fields are marked *