Skip to content

निदाएको बेला मात्र किन आउछौ ए सपना ?

  • by


निदाएको बेला मात्र किन आउछौ ए सपना ?

तिमी आउने आसमा,
तिमीलाई पाउने आसमा,
युगौंदेखि रात अनिदो रहे।
युगौंदेखि बात अधुरै रहे ।

थाकेर एक छिन,
तिमीलाई नै भाकेर एक छिन
के निदाएको थियो रात
के निदाएको थिए म
तिमी आइछौ

निदाएको बेला मात्र किन आउछौ ए सपना ?

निदाएकै बेलामै भए पनि आइछौ,
शिथिल तन मन मै रमाएछौ।

धीत मरेन, मन भरेन
ब्युंझदा कुनै शेष रहेन।

ओंठ छामेर हेरें अझै रसिलो चुम्बन ताजै छ कि भनेर
छाती फुकाएर हेरें अझै आलिंगन आलै छ कि भनेर

दिन मै आए के फरक पर्थ्यो ए सपना?

साथी भाइले खुस्किएछ भन्लान्
दिउसै सपना देख्न थालेछ भन्लान्
सपना देख्ने चिज होइन,
सपना लेख्ने चिज होइन,

मेरो लागि सपना
बिभूति हो
अनुभूति हो।

अनगिन्ती कहाली लाग्दा बिपनाहरु
घातप्रतिघातबाट वाक्क लाग्दा बिपनाहरु
निर्मोही, निष्ठुरी अनुहारहरु
उदेकलाग्दो व्यबहारहरु
सबैबाट मुक्ति चाहन्छु

त्यसैले सपना
निदाएको बेला मात्र होइन,
अँध्यारिएको बेला मात्र होइन,
उज्यालोमा आउने गर
अंगालोमा बाध्ने गर

Leave a Reply

Your email address will not be published. Required fields are marked *