Skip to content

सकारात्मक सोच को कथा

एउटा ठुलो नदीको छेउ छाउ केहि अजंग का, केहि मध्यम , केही स -साना वृक्ष हरु थिए जसमध्ये एउटा वृक्ष को केहि जराहरु नदीको पानी मा तैरिएका थिए । एक दिन एक हुल चराका परिवार गुँण बनाउन को लागि उपयुक्त्त ठाउको खोजि गर्दै उक्त ठाउमा पुगे। मनोरम वातावरणमा कन्चन पानी आफु ले खोजे जस्तै ठाउ देखे पछि खुसि हुदै चराको मुखिया ले एउटा वृक्ष लाइ सोध्यो ” हे विटप हामी धेरै समय देखि आफ्नो लागि नयाँ अनि मजबुत घर बनाउनको लागि उपयुक्त ठाउ खोजिरहेका थियौ , तपाइलाइ भेटेर खुसि लाग्यो , तपाइका दरा हाँगा हरुमा हामी राम्रो अनि मजबुत घर बनाउन चाहान्छौ ताकि वर्षात शुरु हुनु भन्दा पहिले हामीले आफु लाइ सुरक्षित राख्न सकौं । कृपया तपाइले यसको अनुमति दिएर हामी माथि कृपा गर्नुहोस् । “

चराको यस्तो विनती सुने पश्चात वृक्ष ले सिधै अश्विकार गरेर भन्न लागे

हे सखा शकुनी , निल अम्बर मा स्वतन्त्र उड्ने गगनचर , मलाइ माफ गर म तिमि लाइ यसको अनुमति दिन सक्दिन

कृपया तिमि अन्यत्रै कतै सुरक्षित हुने स्थान खोज

      त्यहाँ उसको बस्ने इच्छा लाइ वृक्ष ले अश्विकार गरेको देखेर चरालाई असाध्यै रिस  उठ्यो , अनेकौ तुच्छ शब्द ले गाली गलौज दिदै त्यहा रहेको अर्को वृक्ष लाइ सोध्न गयो।  त्यो वृक्ष लाइ पनि आफुलाई त्यहा रहन को लागि गुँण बनाउने अनुमति माग्यो ।

कुनै नाइँ नास्ती बिना चराको त्यो आग्रह वृक्ष ले सहर्ष स्वीकार गरि खुसि खुसि त्यहा रहनको लागि अनुमति दियो।

ती चराहरुको समूह ले त्यो वृक्ष को खुबै तारिफ र प्रशंसा गर्दै त्यहि गुँण बनाएर रहन लागे।

समय बित्दै गयो ऋतु परिवर्तन भए संगै वर्षात को समय शुरु भयो। यस समय सधैको भन्दा अत्यधिक वर्षात भयो , वाहिनी आफुले आफुलाई सम्हाल्न नसकेर बाढीमा परिवर्तन भईन। जलको तेज प्रभाव ले गर्दा बिस्तारै बिस्तारै कटान गर्दै गर्दै अझै ठुलो हुदै चौडाई निक्कै फराकिलो हुदै गयो। शम्बर को रौद्र रुपमा छेउ छाउका स साना बिरुवा देखि लिएर ठुला ठुला वृक्ष हरु समेत समाहित भएर लुप्त हुन थाले।

अनि ती वृक्ष हरु मध्ये पहिलो वृक्ष त्यो पनि थियो जुन चराले वास स्थान बनाउने अनुमति माग्दा अश्विकार गरेको थियो।

जरै सहित उखेलिएर पानीमा बग्न लागेको देख्दा ती पंक्षी समुह धेरै खुसि भए मानौ प्रकृति त्यसको बदला लिइरहेकी छिन।

जल को तिव्र प्रवाह मा सहामित हुन आटेको वृक्ष लाइ कटाक्ष गर्दै भन्न लागे ” हे अनम्य पादप एउटा समय जब हामी आफ्नो वास स्थान को खोजीको लागि भड्किरहेका थियौ तब तिमि संग मद्दत को लागि आफ्ना अन्जुली फैलाएका थियौ । त्यो बेला तिमि ले साफ साफ अश्विकार गरेका थियौ देख्यौ ईश्वर को इन्साफ आज तिमि ले जुन दुर्गति भोगिरहेका छौ त्यो तिम्रो त्यहि व्यवहार को फल हो ।
यो सब तिम्रो कर्म को फल हो। “

जराको केहि अंश मा मृत्तिका को थोरै मात्रै स्पर्श बाकी थियो थियो त्यै पनि वृक्षले मुस्कुराउदै भन्न लागे , ” प्रीय मित्र शकुन्त, मलाइ राम्रो संग ज्ञात थियो कि मेरा जराहरु कमजोर भैसकेका छन् । अत्यधिक वर्षात लाइ थेग्न म असमर्थ थिए । म चाहान्न थिए कि मेरो कारण ले तिमिहरुलाई कुनै ठुलो बिपत्ति आइपरोस। आज तिम्रो गुँणमा प्रश्रव अवस्थामा रहेका तिम्रा गृहिणी लाइ हेर अनि मेरो यो अवस्था लाइ नियाल , हे विहग यहि कारण थियो कि मैले मेरा शाखा मा तिमि लाइ रहन को लागि अनुमति दिन सकिन। मैले तिमीहरुको मन दुखाए त्यसको लागि मलाई क्षमा गर।
यति भन्ना साथ् आफ्ना जरा हरु जमिन संग छुट्टीएर बहदै बहदै ति पंक्षी का अक्ष बाट अदृश्य भए।

आफ्नो अन्तिम समयमा पनि वृक्ष को मुख बाट निस्किएका यति मिठास र प्रेम भरि स्नेही शब्द हरुले चराहरु सरमिन्दा भए वृक्ष संग आफुले गरेको व्यवहार अनि आफुले प्रयोग गरेका त्यस्ता तुच्छ शब्दहरु साथै त्यस्तो हेय को दृष्टि ले हेर्दा पनि अति बिनम्रता पुर्वक देखाएको आत्मियता प्रति
उनीहरु पछुताउनु शिवाय केहि गर्न सकेनन।

साथि हरु स्वाभाविक हो हामीलाई यदि कसैले रुखो व्यवहार गर्यो या आफुले भनेको कुरा मानिदिएन भने नराम्रो लाग्छ तर कहिले काही यस्तै व्यवहार मा हाम्रो हित पनि लुकेर बसेको हुन्छ। खास गरि आफूभन्दा ठुला बुज्रुक या बुवा आमा ले बच्चा हरुको कुरा नामानिदिदा बच्चाहरु आफ्ना लाइ दुश्मन झैँ सम्झिने गर्दछन । साचो कुरा यो हो कि आफ्ना बुवा आमा ले कहिल्यै पनि आफ्ना सन्तान ले दुख कस्ट भोगुन भन्ने चाहना राख्दैनन्। अरुले झैँ उन्नति प्रगति गरुन आफ्ना सन्ततिको नाम सधै उच्च होस् भन्ने कामना हुन्छ। उनीहरु आफुले भोगेको जस्तो दुख कस्ट आफ्ना सन्तान ले नभोगुन भनेर सधै चिन्तित हुन्छन त्यहि भएर आफुले भोगेका कुराहरु बुझुन मनन गरुन भनेर अर्ति उपदेश दिएर सम्झाउने बुझाउने कोशिस गर्दछन। तर कति सन्तान हरु ले बुडा बुडी को त्यो अर्ति उपदेश लाइ गनगन भनेर दिक्क अनि झर्को मान्ने गर्दछन।

त्यसैले तपाईलाई कुनै आफ्ना साथी भाई , इष्ट मित्र , बन्धु वान्धव तथा आफुले मन ले खाएका मान्छे नै किन नहुन यदि कसै बाट कुनै पल इन्कार आयो भने दुखि नहुनुहोस अनि मन खिन्न नबनाउनुहोस के थाहा ती पंक्षी हरु लाइ जस्तै एउटा इन्कार ले तपाइको जीवन मा आउने लागेको बिपत्ति पो दुर हुने होकी !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *