Skip to content

नेपाल जिन्दावाद

सधै सत्य बोल
मानवता धन भन्दा ठुलो हो
धन भन्दा बढी गुण हरुको सम्मान गर

जीवनको शोभा धन ले नभई विनम्रता अनि असल चरित्र ले हुने गर्दछ।
दुनिया को सबै धर्म ग्रन्थ हरुमा यो कुरा पक्कै मिल्ने गर्दछ कि सांसारिक पदार्थ हरुको तुलना मा मानवीयता , सत्यता अनि असल आचरण को प्राथमिकता अग्रपंक्तिमा छ्न । त्यहि , खास मा आजको वैश्विक युग मा यो दुनियाँ हेर्यौ भने समाज मा साचो सत्य को भन्दा पैसाको पूजा गरिन्छ। यदि तपाइँ जतिसुकै गुणवान भए पनि धनहिन हुनुहुन्छ भने त्यो गुण व्यर्थ को हुने गर्दछ। कोहि जति सुकै मिठो बोलोस् उसको चरित्र जति सुकै निर्मल किन नहोस तर उसैको कुरा सबैले सुन्छन जो धनवान छ। धनवान को रुखो बोलि रुखो व्यवहारलाई पनि उसको चारित्र कस्तुरी को सुगन्ध ले मापन गरिने गर्दछ।

हो सत्यको सधै विजयी हुन्छ ; तर त्यस्तो विजयी के काम जुन घर खेत आफ्ना आफन्त सबै गुमाइसके पछि प्राप्त होस्।
तर यसको अर्थ यो हैन कि हामी साचो सत्य नै नबोलौ , मानवता लाइ बिर्सिउ , गुण को सम्मान नै नगरौ।
यी कुराहरु ठुला आदर्श का कुराहरु हुन् तर आज को वैश्विक युग यसलाई खासै त्यति महत्व दिदैन। यदि तपाइँ आफ्नो गुण को उच्च सम्मान दिलाउन चाहनुहुन्छ , यसको माध्यम बाट सकारात्मक बद्लाव ल्याउन चाहनुहुन्छ भने तपाइँ संग धन हुन अति नै जरुरि छ।

यो समाज को कटु सत्य हो कि जो धनहीन हुन्छन उनीहरुको आफन्त हरुले समेत त्यति वास्ता गर्दैनन। कोहि पाहुना आए पनि केहि माग्न नै पो आएका हुन् कि भनेर देखे पनि मुन्टो बटारेर हिड्ने , ए त्यो त हाम्रो आफ्नो हैन त पर को आफ्नो पर्ने अरे यी यावत कुरा हरु बाट तपाइँ हामी कोहि पनि अनभिज्ञ भने पक्कै छैनौ केहि अपवाद बाहेक। अधिकांस युवा युवती वैदेशिक रोजगारीको लागि बाहिरिरहेका बेला हामी कसरी मलेशिया कुवेत कतार कोरिया अष्ट्रेलिया अमेरिका क्यानाडा आदि भन्दै वर्गीकरण गर्छौ चाहे त्यो वैवाहिक सम्बन्ध को कुरा होस् या आपसी भेट र बिचार कै कुरा मा किन नहोस । यो भेद भाव तपाई हामी हरु मध्ये कसै न कसैले कुनै न कुनै बेला पक्कै भोगेका छौ। कनिका बोक्ने सुदामा लाइ द्वारिका को वैभव हुदा हुदै पनि वाल्य सखा भनेर अंकमाल गर्ने श्री कृष्ण विरलै भेटिन्छन अहिले। परका आफन्त हरुको कुरा त परै छोडौ एउटा धनहीन मानिसले सबैभन्दा ठुलो मार आफ्नै घर भित्रै बाट सहनु पर्छ।

त्यसैले गुणवान मानिस धनवान हुनै पर्छ। कम से कम यति कि अरु संग हात फैलाउनु नपरोस।

यही कुरा देश हरुमा पनि लागु हुने गर्दछ। तपाइँ कति नमाज पढ्नु हुन्छ , कति पूजा पाठ, यज्ञ गर्नुहुन्छ , कति तिलक लगाउनु हुन्छ , कति लामो दरि राख्नु हुन्छ कि नाइँ….. दुनिया लाइ यसको कुनै मतलब छैन बस दुनिया तपाइको गोजी हेर्ने गर्दछ।

यो महत्व राख्दैन कि तपाइको संस्कृति कति पुरानो हो। दुनियाको नजर अब पहिले को जस्तो छैन धेरै नै क्रूर भैसकेको छ। त्यसैले यदि हामी चाहान्छौ कि हामी हरु संग भएको चिज को हाम्रो संस्कृति को उच्च सम्मान होस् , हाम्रो पासपोर्ट को इज्जत होस् त्यसका लागि गुणवान का साथ् साथ् धनवान हुन अति नै जरुरि छ।

अब चिन र कोरिया, जापान कै उदाहरण लिउ, यो देश ले आफ्नो तितो विगत बाट पाठ सिकेर आज विश्व का बलिया अर्थतन्त्र को देश मा सम्मिलित भएका छन् जहा जान का लागि हाम्रो देश मा हरेक बर्ष तिनकुने देखि माइतीघर सम्म को लाइन अनि सयौ मानि हरुको टाउको फुटाउनु पर्दछ मात्र आवेदान दिन को लागि। यीनीहरु ले सबै भन्दा पहिले गरिबी दुर गर्ने रणनीति अपनाए । कडा कानुन, देश र जनता प्रतिको माया र बफादारी , भ्रस्टाचार रहित राजनीति ले यो रुप लियो कि आज का दिन मा विश्व अर्थतन्त्र मा अमेरिकाको एकाधिकार बजार लाइ तोड्दै चीन विश्वकै सबै भन्दा ठुलो अर्थतन्त्र बन्न सफल भएको छ। अब यहाको थोरै आर्थिक तरलताले पनि विश्व अर्थतन्त्र लाइ भुकम्प ल्याइदिने गर्दछ।

बस अब हामी ले पनि त्यहि गर्नु पर्दछ।
भारतीय मुर्दावाद चिनियाँ मुर्दावाद अमेरिका मुर्दावाद मा अल्झेर हामीले नेपाल जिन्दाबाद भन्न भुलिसक्यौ। मुर्दावाद र जिन्दावाद को नारामा खुसि हुनु नै हाम्रो मुर्खता हो , लाग्छ यसैमा हामीलाइ अभ्यस्त बनाइदैछ ।तुलना मुर्दावाद र जिन्दावाद सङ्ग हैन तुलना त्यहाको टेक्नोलोजी संग गर्नु पर्छ , त्यहाको अर्थतन्त्र विकास र सुधार का लागि गरिएका प्रयास हरु संग गर्नु पर्छ , गुगल ट्विटर माइक्रो सफ्ट जस्ता कम्पनि का सीइओ बनाउने त्यो शिक्षा संग गरिनु पर्छ।

यदि साच्चै जिन्दावाद र मुर्दावाद ले विकास र समृद्धि वर्षिनु हो भने त दुनिया भन्दा ५७ वर्ष अघिल्लो पाइला चालेका हामी नेपालीको यो दयनीय र कारुणिक अवस्था पक्कै हुने थिएन , गरिब देशहरुको अध्यक्ष भए भनेर नाक फुलाउनु पर्ने थिएन । आज विकास को कुरा त परै छाडौ हामीले आफ्नो धर्म संस्कृति अफ्नो मौलिकता , आफ्नो अस्तित्व बचाउन ठूलो संघर्ष गर्नु पर्ने अवस्था अपरिहार्य जस्तै भैसकेको छ ।

७० वर्ष अघि रुग्ण अवस्था मा रहेको भारत आज कहा छ अनि आज हामी कहा छौ र हाम्रो अवस्था कस्तो छ ?

हिरोसिमा र नागासाकी मा बम वर्षा पछि यदि जापान ले अमेरिकी मुर्दावाद मात्रै भनेर नारा लगाइरहेका भए के आज को जापान बन्न सफल हुने थियो त ?

हामी नेतालाइ मात्रै गाली गलौज गरेर सधै पानी माथिको ओभानो बन्न चाहन्छौ । हाम्रै आँखा अगाडी तपाईं हाम्रा नेता भनौदाहरुले महाधिवेशन मा देखाएको चारित्रीक पदलोलुप ले के अर्थ्याउछ भने हामी लाई कुनै नयाँ विचार नयाँ भिजन को आवश्यक छैन , मलाइ पद चाहिन्छ , म नै मन्त्री बन्नु पर्यो । के कसरी हुन्छ म राष्ट्र को शक्ति हात मा लिइने ठाउमा पुग्नु पर्यो चाहे जनता भुइचालो ले थल्लिउन कि बर्षा बाढिले घरबार विहिन हुन बस आफु लाई सत्ता चाहियो । अनि फेरि तपाईं हामी जनता ती नै नेताका पछि पछि पनि लाग्छौ अनि स्वार्थ सिद्ध भए ताली नभए गाली दिन ढिला नै गर्दैनौ । चिया पसल चोक गाउँ शहर पत्र पत्रीक अदिमा नेताले देश बेचे नेताले देश डुबाए राष्ट्रियता धराप मा पर्यो यावत कुराहरुको चर्चा पनि खुबै गर्छौ नि १०० किलो को मालाले माल्यार्पर्ण गर्न पनि एक रत्तिभर संकोच मान्दैनौ ।

जब हामी आफ्नो आचरण आफ्नै लागि त सुधार्ने कोशीश गर्दैनौ भने कसरी अरु ले तपाईं हाम्रो लागि सुध्रीएर जनताका लागि सोचिदिउन भन्ने कामना गर्नु हुन्छ ? म यहाँ तपाइलाइ धन कमाउने कुरा मात्र गरेको हैन तपाइको मौलिकता लाई बचाउने हो भने, तपाइको अस्तित्व लाई बचाउने हो भने तपाईं धनवान् हुन जरुरी छ देश धनवान् हुन जरुरी छ । कतिदिन सम्म प्रकृति ले दिएको चिजको फुइ लगाएर बस्ने ? आखिर हामी ले प्रकृति ले यती धेरै कुराहरु दिदा खै त हामीले त्यसको सहि सदुपयोग अनि उपभोग गर्न सकेको ?
किनकि हामी संग प्राकृतिक विविधता र प्राकृतिक सम्पदा को प्रचुर सम्पन्नता हुदाहुदै पनि गरिब देशको सुची मा निन्याउरो मुख लाएर बस्नु परेको छ कारण हामी ले देश लाई धनवान बनाउन सकेनौ , हामी संग धन छैन ।

उद्योगे नास्ति दारिद्रयं
जसरी चाणक्य ले भनेका थिए उद्यमि ले मात्रै गरिबी हटाउन सकिन्छ । दुई दिन भोको पेट भएको मानिस लाई खाना मात्रै दिने हो भने उसको क्षणिक समस्या त टर्यो तर हामीले गरिबी कम गर्न सकिदैन। यदि हामीले गरिब कम गर्ने नभै गरिबी निवारण गर्ने कुरामा साच्चै सोच्ने हो भने सबैलाइ उद्यमि बनाउन जरुरी छ । एक थुकी सुकि सय थुकी नदि भने झैं सबैबाट धन सञ्चय भै आर्थिक वृद्धिदर मा टेवा पुग्नेछ ।

त्यसैले हामि मध्ये अब सबैले कम से कम १० बर्ष को लागि एउटा लक्ष्य बनाउनु पर्दछ ताकि १० वर्ष पछि आफुले आफुलाई कुन ठाउमा भएको हेर्न चाहने साथै आफ्नो देश लाइ कुन ठाउमा भएको हेर्न चाहने भन्ने ? हरेक मानिस ले एउटा न एउटा सिप सिक्न पर्यो घरेलु उद्योग ,मझौला उद्योग को विकास कास गर्नु पर्यो कलकारखाना खोल्नु पर्यो ताकि सबै मानिसले धनोर्पार्जन का लागि एक जुट रहनसकुन। यदि यसो गरेर अनावश्यक रुपमा जिन्दावाद र मुर्दावादको त्यो नारामा खेर गइरहेको ठुलो श्रम अनि ठूलो युवा शक्ति को विदेश पलायन लाई रोकि नेपालमै उनिहरुको सिप र पुजी लाइ उपयोग मा ल्याउनु हो भने आगामी १० बर्ष मा पक्कै पनि नेपालको अर्थतन्त्रले ले नया रङ्गिन नक्सा कोर्न सक्छ ।

जब धन हिन मानिस ले अरु बाट इज्जत पाउन सक्दैन भने गरिब देश ले अरु बाट इज्जत पाउने मात्रै आशा कसरी गर्न सकिन्छ। हरियो निलो र रातो पासपोर्ट को भेदान्तर भैरहन्छ।

जसको गोजी खालि हुन्छ त्यस लाइ सबैले हेय कै दृष्टि ले हेर्छन। त्यसैले आफ्नो मूल्य बढाऔ, इज्जत मागेर किनेर पाइदैन । त्यस्तो बनौ जसले गर्दा अरुले इज्जत गर्न बाध्य हुन । आफ्नो दक्षता पहिचान गरौ , ब्रिगिएको भत्किएको लाइ सुधारौ , आउनुस हातेमालो गरौ , प्रण गरौ यसको सुरुवात आजै बाट गरौ।

कोहि पनि गरीब अनि कमजोर लाइ कसैले मित्र वा आफन्त बनाउन चाहदैन बिना स्वार्थ। दुनियाको यहि नै सच्चाई हो बाकि या त बडो बकम्फुसे आदर्श या त मन को भ्रम मात्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *