Skip to content

साधुको कथा

धेरै समय पहिले को कुरा हो एउटा गाउमा दुइजना साधु बस्ने गर्दथे। नित्य पुजा पाठ वेद उपनिषद् हरुको श्लोकच्चारण गर्दथे। दैनिकी भिक्षा मागेरआफ्नो जीवन गुजारा गर्दथे। ब्रम्हचारी ती साधु हरुको दैनिकी जीवन सम्पूर्ण रुपमा ईश्वर मा समर्पित थियो। जीवन प्रति को मोह, कुनै चिज को लालच अनि लिप्सा रत्ति भर थिएन।  ईश्वर मा ध्यान लगाई बस मुक्ति को कामना गर्दै बाकि आफ्नो शेष जीवन सत्कर्म को उपदेश र ध्यान तपस्या मा बिति रहेको थियो।
 एक दिन सन्ध्या को नित्य कर्म सकी दुवै साधु भिक्षा माग्न गएका थिए त्यस दिन असाध्यै ठुलो मुसलधारे वर्षा का साथै ठुलो आधि र तुफान आएर साधुको उक्त्त कुटी क्षत विक्षत बनाइदियो।  टाटी बेरा सबै उडाएर घर उदाङ्गो बनिदियो।

जब वर्षात रोकियो पहिलो साधु हतारिदै आफ्नो कुटी मा आइपुगे , आफ्नो घरको तेस्तो दयनिय अवस्था देखेर अनेक आलाप विलाप गर्दै भन्न लागे ” हे ईश्वर , तपाइको भक्त्ति मा मैले के कमि गरेको थिए र ! म माथि यस्तो अनर्थ गरिदिनु भयो ? के मैले हजुर लाइ भनि आजीवन समर्पित गरेको मेरो भक्त्ति , तप, जप अनि पुजा को के यहि पुरस्कार हो ? हे भक्त हरुका बिघ्न हर्ता हामी अशक्त भै सकेका वृद्द असहाय हरुले कसरि फेरी अर्को घर बनाउने ? के हाम्रो सत्य निष्ठा अनि प्रभु चिन्तनमा लगाएको यत्रो वर्ष को फल यहि हो ?”

मन मा लागेको रोष अझै प्रकट गर्दै कुटी नजिकै को वृक्ष मुनि बसेर अनेक आलाप विलाप गर्न लागे

त्यस्तैमा अर्का साधु पनि हड़बडाउदै आइपुगे , आफ्नो अर्धकल्चो कुटी हेर्दै मुस्कुराए अनि  ईश्वर लाइ धन्यवाद दिदै भन्न लागे                                                                                                                                                                                           ” हे ईश्वर हजुर लाइ धेरै धेरै धन्यवाद , यस्तो भीषण आधि तुफान मा पक्का का घर हरु त क्षति ग्रस्त हुन्छन तर तपाइले मेरो आधा कुटी बचाइदिनु भयो। आज  यो कुरा सिद्द भयो कि तपाइँ मेरो भक्त्ति देखि कति प्रसन्न हुनुहुदो रहेछ। म माथि तपाइको कत्रो कृपा दृष्टि रहेछ।  हे जगदिश्वर हजुर को भक्त्ति मा मेरो तन मन लागिरहोस ।  “

दोस्रो साधुको यस्तो बिचार सुनेर पहिलो साधु विस्मित हुदै एक टक ले हेरिरहे

पक्कै पनि हरेक राम्रा नराम्रा घटनाका दुइवटा पाटा हुने गर्दछन।
राम्रो अर्थ निकाल्ने हो कि नराम्रो निष्कर्ष त्यो आफ्नै हात मा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *