Skip to content

राष्ट्र निर्माता

HomSuvediहे पृथ्वीनारायण एकताका
प्रतीकका सूत्र अनेकताका
अखण्ड नेपाल छँदैछ तिम्रो
उत्कर्षमा राख्छ ध्वजापताका ।।

ऐले यहाँको सूचना म दिन्नँ
दिएँ भने लाग्दछ भित्र खिन्न
दुख्नेछ तिम्रो मनभित्र घाउ
जहाँ तिमी छौ त्यहीँ नै रमाऊ ।।

यो मृत्तिकाको कणमा तिमी छौ
हाम्रो मुटुमा प्रणमा तिमी छौ
पवित्र तिम्रा नित पाउ पर्छौँ
सम्मान साथै जयगान गर्छौं ।।
(होम सुवेदी

1 thought on “राष्ट्र निर्माता”

  1. होम सुवेदी

    मेरो त मायाको तनावबाट मनमा घाउ छ
    तर निस्ठुरीको त अझ पनि पुरानै दाउ छ
    थाहै नपाई फसेपछि अरु के होस् र
    अहिले मन भरि पछुताउ छ ।।

    उनले हजुरको शरणमा पर्छु भनेकै हुन्
    हजुरलाई नपाए मर्छु भनेकै हुन्।
    उनको मायाँ नबुझेकोले न अर्काकी भइन्
    वास्ता नगर्ने हो भने अन्तै सर्छु भनेकै हुन् ।।
    -होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *