Skip to content

बिहानीको मिर्मिरेमा मोती छर्न पाएपुग्छ


बिहानीको मिर्मिरेमा मोती छर्न पाए पुग्छ
नजानेर तिमीसँग एउटा गीत गाए पुग्छ
रोदनमा बिताई दिउँला दिनको जीवन मेरो
यात्राभरि तिम्ले पनि चोखो माया लाए पुग्छ !

हसिदिए पुग्छ माया गाँसिदिए पुग्छ
सम्झना मै माया मेरो साँचिदिए पुग्छ
ठुला ठुला नयनबाट इशारा नै काफी मलाइ
जति दुख्ख परे पनि हाँसिदिए पुग्छ !!

औधी माया मै गरुला छड्के नजर हेरे पुग्छ
त्यो मनभित्र कल्पनामा मेरो हाँसो बारे पुग्छ
बिताउन न सकेपनि चिसा चिसा रातिहरु
मेरो मनको बगैचामा फुलाई फूल सारे पुग्छ ………!!!

मनोज काफ्ले “मनसुन’

हाल: कुवैत
mansun2036@yahoo.com

12 thoughts on “बिहानीको मिर्मिरेमा मोती छर्न पाएपुग्छ”

  1. मात्र यतिले त के पुग्ला र हो
    मात्र यतिले त के पुग्ला र हो जीवन बाँच्न ।

  2. Manoj dai
    बिताउन न सकेपनि

    Manoj dai
    बिताउन न सकेपनि चिसा चिसा रातिहरु
    मेरो मनको बगैचामा फुलाई फूल सारे पुग्छ ………!! very nice dai keep it up!!!
    ramesh

      1. NICE TO MEET U BAMJANG ji i
        NICE TO MEET U BAMJANG ji i am also from rambachhaa thanks for nice comment me

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *